• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी दाङको अध्यक्षमा अधिकारी




नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी दाङको अध्यक्षमा कल्याण अधिकारी निर्वाचित हुनुभएको छ ।

अखिल क्रान्तिकारी दाङको २२ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा अधिकारी निर्वाचित हुनुभएको हो ।

सम्मेनबाट उपाध्यक्षमा गिरबहादुर महरा, निश्चल केसी, हिमाल महरा, डिभाइड शर्मा र खगेन्द्र जीएम निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिव गोविन्द मल्ल, सहसचिवहरु मोहनराज भुसाल, रामचन्द्र बुढा, भुवन केसी र यामकुमारी बिक तथा कोषाध्यक्षमा हिरालाल ओली निर्वाचित हुनुभएको छ ।

सम्मेलनको उद्घाटन संगठनका केन्द्रीय उपाध्यक्ष दिपेश पुनले गर्नुभएको थियो । संगठनका संयोजक जंग रोकाको अध्यक्षतामा भएको कार्यृक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा र नारायणी शर्मा, जिल्ला संयोजक तुलसीराम पुन, नेविसंघका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, विप्लवनिकट अखिल क्रान्तिकारीका अध्यक्ष अमर खड्कालगायतले बोल्नुभएको थियो ।

निश्चल केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन गिरबहादुर महराले गर्नुभएको थियो ।

Facebook Comments