• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मधेशी मुक्ति मोर्चा घोराही अध्यक्षमा खातुन, अध्यक्ष र सचिव दुबै मुश्लिम महिला




मधेशी राष्टिय मुक्ति मोर्चा नेपाल घोराहीको अध्यक्षमा अहमदी खातुन चयन हुनुभएको छ । मोर्चाको प्रथम भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

जसमा उपाध्यक्ष जगदीश गुप्ता, सचिव दीपा रहिमान, कोषाध्यक्ष अजीत मन्सुरी र सहसचिव इनामुल रहमान रहनुभएको छ । भेलाले २१ सदस्यीय कार्य समिति चयन गरेको छ । मधेशी समुदायमा महिला नेतृत्व विकासको आवश्यकता खड्रिहेको बेला अध्यक्ष र सचिवमा मधेशी मुश्लिम महिलाबाट निर्वाचित हुनुभएको छ ।

भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले नेपालमा माओवादीले नै जातीय, क्षेत्रीय पहिचानको मुद्दा स्थापित गरेको भन्दै यही एजेण्डाका कारण सबै समुदायमा सशक्तीकरण र सबलीकरण शुरु भएको बताउनुभयो । यूरोपेली मुलुकमा वर्ग बिश्लेषणको आधार पूँजी र श्रम भए पनि दक्षिण एशिया वर्ग निर्धारणको महत्वपूर्ण आधार जात प्रथा भएकाले जात प्रथाको अन्त्यविना वर्गीय मुक्तिको ढोका नखुल्ने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य नारायणी शर्माले मधेशी समुदायलाई आफ्नो सम्मान र सुरक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभयो । देशको महत्वपूर्ण जनसंख्या मधेशी समुदाय अपमानित हुनु दुःखद भन्दै उहाँले त्यसमा पनि अझ पछाडि पारिएका मधेशी महिलाहरुलाई अगाडि ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र घोराहीका इञ्चार्ज भीमकुमार बाँठा, घोराही अध्यक्ष प्रमोद शर्मा, सचिव भागिदास चौधरी, जिल्ला सदस्य दिनेश श्रेष्ठ, मधेशी मोर्चाका जिल्ला संयोजक मिश्रीलाल गुप्ता, सहसंयोजक विष्णुप्रसाद यादव, जिल्ला सदस्य पुष्पा यादवलगायतले बोल्नुभएको थियो ।

मोर्चाका घोराही तुलसीपुर संयोजक अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन बसन्त गुप्ताले गर्नुभएको थियो ।

Facebook Comments