• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङले राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलायो




घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङले राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएको छ । पार्टीको  केन्द्रीय कार्यक्रम अनुरुप शनिबार घोराहीको तुलसीपुर चोकमा कोणसभा गरेर राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएको हो ।


कोणसभाका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले यो राष्ट्रघाती एमसीसी सम्झौताको निरन्तर संघर्षका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए ।

यो कथित राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाउने कार्यक्रम आज देशभर भइरहेको बताए । अमेरिकाका एजेन्टहरुले जसरी भएपनि एमसीसी पास गर्नुपर्छ भनेर भैलो खेलिरहेको र विशेष गरेर नेपालका प्रधानमन्त्री शेरबहादुर देउबाले नेपालका राष्ट्रबादी, क्रान्तिकारी शक्तिहरु र जनतालाई जेल हालेर भएपनि यो राष्ट्रघाती एमसीसी पास गराउने भनेको हुँदा यसको विरुद्ध हाम्रो पार्टी, संगठन र जनताहरुले सशक्त बिरोध गरिरहेको समेत उनले बताए । नेपालमाथिको वैदेशिक हस्तक्षेप पटक-पटक भएको बिषयमा चुइक्कपनि बोल्न नसक्ने नेपालका दलहरुले फेरिपनि एमसीसी पास गर्नुपर्छ भनेर लागिपरेका हुँदा नेपाल राष्ट्र र नेपाली जनताहरुमाथि साम्राज्यवाद र बिस्तारबादले हस्तक्षेप गर्न खोज्छ भने त्यसको विरुद्धमा सबै जनताहरु कडा संघर्षमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
कोणसभालाई सम्बोधन गर्दै पाटले एमसीसी नेपालका लागि राष्ट्रघाती भएको र यो सम्झौता पास भएमा एमसीसीमा हस्ताक्षर गर्ने नेताहरूलाई गाउँ-गाउँबाट दमाह बजार लखेट्नुपर्ने बताए ।
यो परियोजना अमेरिकी सैन्य रणनीतिमा भएको हुँदा कुनै पनि बुदा संसोधित गरेर पास गर्न नपाइने र एमसीसी तथा सम्पुर्ण राष्ट्रघाती सम्झौताको विरुद्ध सबै जना एक भएर लड्नुपर्ने उनले बताए ।


त्यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्लाका कार्यालय सदस्य तथा घोराही नगरका इन्चार्ज तिलकले यो राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाउने केन्द्रीय कार्यक्रम अनुसार आज देशभरका जिल्लाका सबै पालिकाहरुमा भइरहेको बताए । नेपाल सरकार र अमेरिकाबीच भएको राष्ट्रघाती एमसीसी सम्झौताले नेपाललाई रणभुमी बनाउने उनले बताए । दलाल संसदीय ब्यबस्थाको शक्तिको आडमा नेपालको हित बिपरित हुने थुप्रै खाले सन्धि सम्झौताहरु भएको र साम्राज्यवादको गुलामी बनेर आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि फेरि पनि राष्ट्रघाती एमसीसीलाई पास गर्ने पक्षमा नेपाका दलहरु अगाडि बढीरहेको हुँदा यसका बिरुद्धमा सबै एक भएर लाग्नुपर्ने समेत उनको भनाइ छ ।


कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला सदस्य अनिलले गरेका थिए ।

यस्तै तुलसीपुरमा भएको एमसिसी सम्झौता पत्र जलाउने कार्यक्रमलाइ सम्बोधन नेकपा दाङ जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष पोसन,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नारायण भण्डारी, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए भने सहजीकरण जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्तले गरेका थिए।

यस्तै नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाले पनि एक कार्यक्रमका बिच एमसिसी सम्झौता पत्र जलाएको छ।उक्त कार्यक्रमलाइ नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा सोही पालिका इन्चार्ज निर्मलले गरेका हुन भने कार्यक्रमको सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य राजकुमारले गरेका थिए। यता लमहीमा पनि नेकपाले एमसिसी सम्झौता पत्र जलाएको जनाएको छ।लमहीको मुख्य बजारलाई र्याली सहित परिक्रमा गर्दै लमही बसपार्क पुगेर सयौ जनताको उपस्थितिमा एमसिसी साझौता जलाएको नेकपा लमहिले जनाएको छ। लमहिमा भएको कार्यक्रमलाइ नेकपा लमही नगर इन्चार्ज जनक,सहिद बेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्तीले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य दान बहादुरले गरेका थिए।

Facebook Comments