• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
“प्रतिबिम्बित भावनाहरु” काे समीक्षा




राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८० औं श्रृङ्खलामा गजलकार बलबहादुर जि.एम. विवशद्वारा लिखित प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहकाे समीक्षा एवं १५६ औं माेती जयन्तीकाे अवसरमा गजल वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे प्रमुख आतिथ्यता तथा प्रगतिशील लेखक संघका केन्द्रिय सल्लाहकार पदमप्रसाद शर्माकाे विशिष्ट आतिथ्यमा भएको हाे ।

साहित्यकार छविलाल काेपिलाले “प्रतिबिम्बित भावनाहरु” गजल सङ्ग्रहकाे समीक्षा गर्नु भएकाे थियाे । साे पुस्तकका लेखक गजलकार बलबहादुर जि.एम. विवशले पुस्तक लेखनका बारेमा अाफ्ना धारणा राख्नु भएकाे थियाे ।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा.कृष्णराज डिसी, लेखक संघ दाङ का अध्यक्ष खगराज न्याैपाने, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकारहरू डा. लाेकराज पराजुली, कमलमणि देवकोटा, नगेन्द्र गुरु, साहित्यकारहरू डा. हिमलाल पन्थी , प्रदीपराज श्रेष्ठ “पृथक”, प्रबल बिष्ट, क्षितिज मगर, सरिता देवकोटा, बिमला डागि विकलता, रितु गिरी, भुमि क्षेत्री, बिक्रम वलि, मनोज थापा, श्रवण नेपाली लगायतले रचना वाचन गर्नु भएको थियोे ।

सो कार्यक्रममा साहित्यकारहरु देवेन्द्र रिजाल, गिरीराज पन्थी, खेम गाउले, बोम जि अवतार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

उक्त समीक्षा कार्यक्रममा “प्रतिबिम्बित भावनाहरु” गजल सङ्ग्रहकाे समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले गजलकार बलबहादुर जि.एम. विवशलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे अायाेजना तथा गजल अभियान दाङकाे सक्रियतामा गजल वाचन कार्यक्रम भएको हो । परिषद् जिल्ला शाखा दाङका सहसचिव प्रबल बिष्टको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचीव प्रकाश के सिले गर्नु भएको थियो ।

Facebook Comments