• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमसिसी सम्झौता विरुद्ध नेकपा दाङद्वारा बिरोध प्रदर्शन




दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुर र भालुबाङमा एमसिसी सम्झौताको विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

जिल्लाको तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एमसिसी साझौता चिन प्रती लक्षित सैन्य परियोजना भएको बताउनुभयो।उहाले अमेरिकी साम्राज्यवादले एमसिसी मार्फत चिनमाथी आक्रमण गर्ने र नेपालमा भएको बहुमुल्य धातु युरेनियम कब्जा गर्ने रणनीति लिएको समेत बताउनुभयो। नेता शितलले एमसिसी पास गर्ने सांसदहरुलाइ जनताले गाउगाउबाट लखेट्ने उद्घोष गर्नुभयो। लिपुलेक,लिम्पियाधुरा र कालापानीमाथी भारतिय अतिक्रमण र एमसिसी मार्फत देशलाइ रणमैदान बनाउने अमेरिकी साम्राज्यवादको हस्तक्षेप विरुद्ध चुइक्क बोल्न नसक्ने बिदेशी दलालहरुका विरुद्ध आफुहरु निर्मम बिद्रोह गर्ने नेता शितलको भनाइ थियो

कार्यक्रमलाइ सम्बोधन गर्दै अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य किरणले आफ्नो पार्टीमाथी राज्यले प्रतिबन्ध लगाएर ठुलो भुल गरेको बताउनुभयो। उहाले भन्नुभयो,” राज्यले हामिमाथी बिनाकारण प्रतिबन्ध लगायो र तीन बुदे सहमति गर्न बाध्य भयो”। नेता किरणले रास्ट्रघाती एमसिसी साझौताका पक्षमा हस्ताक्षर गर्ने सांसदहरुको औला काटिदिने चेतावनी दिनुभयो।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्रले एमसिसी सम्झौता पास गरे यो देशका शासकहरुको हालत अफ्गानिस्तानका शासक घानीको जस्तो हुने बताउनुभयो। नेता रुद्रले बरु बलिदान गर्न तयार रहेको तर एमसिसी सम्झौता कुनैपनि हालतमा पास हुन नदिने उद्घोष गर्नुभयो।

बिरोध प्रदर्शन कार्यक्रम तुलसीपुर बजारका विभिन्न चोकमा र्यालि सहित परिक्रमा गर्दै सभामा परिणत भएको थियो।

एमसिसी सम्झौता विरुद्धको बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला कार्यालय सदस्य तथा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशले गर्नुभएको थियो।
यस्तै नेकपा दाङले जिल्लाको भालुबाङमा पनि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। उक्त बिरोध कार्यक्रमलाइ सम्बोधन नेकपा बिशेष कमिटी सदस्य बिक्रम,नेकपा गढवा-राजपुर गाउपालिका इन्चार्ज सुरज र सहिद परिवार समाज राप्ती व्युरो इन्चार्ज धर्तीले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण नेकपा जिल्ला कमिटी सदस्य दान बहादुरले गरेका थिए।

Facebook Comments