• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीमा साढे तीन सय जनप्रतिनिधि एकीकृत समाजवादीमा




कर्णाली प्रदेशमा तीन सय ५४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । प्रदेशका दश जिल्लामा ३५४ जनाले नयाँ दल रोजेको एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

प्रदेश सभाका तीन सदस्य रुकुम पश्चिमककी देवी वली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभाको पहिलो दल एमाले (सभामुख सहित) १३ सिटमा झरेको छ ।

१४ जना स्थानीय तहका प्रमुख र उप्रमुख, ३८ जना वडाध्यक्ष र २६३ वडासदस्यले नयाँ दल रोजेका हुन् ।

७९ स्थानीय तह रहेको कर्णालीमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो । उनीहरुमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि नयाँ दल रोजेको प्रदेशसभा सदस्य देवी वलीले दावी गरिन् ।

राजनीतिक हिसाबले एमालेको दबदवा रहेको दैलेखमा ६५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । जिल्लाका ११ स्थानीय तहमध्ये ६ स्थानीय तहमा एमालेबाट प्रमुख–उपप्रमुख र एक–एक स्थानीय तहमा प्रमुख–उपप्रमुख निर्वाचित छन् । उनीहरुमध्ये दुई गाउँपालिकाका अध्यक्ष, दुई नगरपालिकाका उपप्रमुख सहित ६५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेको नेताहरुको दावी छ ।

एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला समेत रहेको सल्यानमा ७५ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन् ।

दश स्थानीय तह रहेको सल्यानमा स्थानीय तहको निर्वाचनमा एमालेका चार प्रमुख, तीन उपप्रमुख, २७ वडाध्यक्षसहित १४२ जनप्रनिधि थिए । उनीहरुमध्ये एक प्रमुख, एक उपप्रमुख, १९ वडाध्यक्ष र ५४ जना वडा सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

डोल्पामा ४१ जनाले एमाले छोडेका छन् । एकएक जनाले पालिका प्रमुख र उपप्रमुख निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा ८ जना वडाध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, ७ जना महिला सदस्य, ६ जना दलित महिला सदस्य र ५ जना कार्यपालिका सदस्य रहेका छन् ।

कालीकोटमा दुई जना गाउँपालिकाका अध्यक्ष, दुईजना नगरपालिकाका उपप्रमुख, १२ जना वडाध्यक्ष र ४९ जना वडा सदस्यहरुले एकीकृत समाजवादी रोजेका हुन् । सुर्खेतमा चार वडाध्यक्षसहित १५, हुम्लामा ५, मुगुमा गाउँपालिकाका उपाध्यक्ष, पाँच जना वडाध्यक्षसहित २८, जुम्लामा एकजना नगरपालिकाका उपप्रमुखसहित ४१ जना, रुकुम पश्चिममा वडाध्यक्षसहित तीन जना र जाजरकोटमा दुई वडाध्यक्षसहित १० जना जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको छन् ।
यस्तो छ स्थानीय तहमा एकीकृत समाजवादीको अवस्था
सल्यान

अध्यक्ष १
उपाध्यक्ष १
वडा अध्यक्ष १९
जम्मा ७६

दैलेख
अध्यक्ष २
उपाध्यक्ष ३
उप मेयर १
वडा अध्यक्ष ११
जम्मा ६५

कालिकोट
अध्यक्ष २
उपाध्यक्ष १
उप मेयर १
वडा अध्यक्ष १२
जम्मा ६५

जुम्ला

उपाध्यक्ष १
वडा अध्यक्ष ११
जम्मा ४४

डोल्पा
मेयर १
जिसस सदस्य ४
वडा अध्यक्ष ८
जम्मा ४२

मुगु
उपाध्यक्ष १,
वडा अध्यक्ष ७
जम्मा २९
सुर्खेत
वडा अध्यक्ष ५
जम्मा १५

जाजरकोट

वडा अध्यक्ष २
जम्मा

हुम्ला
जिसस सदस्य १
जम्मा ५

रुकुम
वडा अध्यक्ष १
जम्मा ३

जम्मा
१ सल्यान ७६
२ दैलेख ६५
३ कालिकोट ६५
४ जुम्ला ४४
५ डोल्पा ४२
६ मुगु २९
७ सुर्खेत १५
८ जाजरकोट १०
९ हुम्ला ५
१० रुकुम ३
कूल ३५४

Facebook Comments