• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा सनाखत शुरु, पूर्वमुख्यमन्त्री पोख्रेलको वडाका जनप्रतिनिधि पनि एकीकृत समाजवादीमा




दाङमा नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरुको सनाखत शुरु भएको छ ।

जसअनुसार पहिलो दिन भदौ २० गते दश जना जनप्रतिनिधि एकीकृत समाजवादीको पक्षमा खुलेका छन् ।

पहिलो दिन एक गाउँपालिका उपाध्यक्ष, एक वडाध्यक्ष, एक जिल्ला समन्वय समितिका सदस्य, चार कार्यपालिका सदस्य र तीन वडा सदस्यहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको सो पार्टीका नेता शुरामणि बेलबासेले जानकारी दिनुभयो ।

पहिलो सनाखत गरेका दश जनप्रतिनिधिमध्ये तीन जना वडा सदस्य तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का रहेका छन् । सो वडा नेकपा एमालेका स्थायी समिति सदस्य एव् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको घर भएको वडा हो ।

आजदेखि सनाखत शुरु भएको र भदौ २२ गतेसम्म धेरै जनप्रतिनिधि आफूहरुको पक्षमा खुल्ने बेलबासेले बताउनुभयो ।

पार्टी विभाजनपछि भएको क्षति कम गर्न पूर्वमुख्यमन्त्री पोख्रेल पनि हाल जिल्लामै रहनुभएको छ । उहाँले लगातार कार्यकर्ता प्रशिक्षण तथा भेलाहरुलाई सम्बोधन गरिरहनुभएको छ ।

निर्वाचन आयोगले एकीकृत समाजवादीले मान्यता पाएको २१ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने अवसर दिएको छ । जसअनुसार प्रदेशसभा सदस्यहरु प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय पुगेर दल रोज्न पाउने ब्यवस्था गरिएको छ ।

Facebook Comments