• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एमाले रोल्पा जिल्लाको अगुवा कार्यकर्ता भेला लिबाङमा सम्पन्न




दयाराम दाहाल
लिबाङ । नेकपा एमाले रोल्पा जिल्लाको अगुवा कार्यकर्ता भेला लिबाङमा सम्पन गरेको छ । रोल्पाको लिवाङमा शनिबार एक कार्यक्रमका बीच सो भेला सम्पन्न भएको हो ।

भेलामा देशमा राजनीतिक बिद्यमान अवस्था र यस्तो समयमा नेकपा एमाले खेल्नु पर्ने भुमिकाको बारेमा छलफल भएको बताइएको छ ।

कार्यक्रममा प्रशिक्षित गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपा एमाले पोलिटव्युरो सदस्य घर्तीले देशमा अहिले राजनीतीक विद्यमान अवस्थालाई मध्यनजर गर्दै सबै अगुवा कार्यकर्ताहरुले आफ्नो तह र तप्कावाट सोही बमोजिमको कार्यलाई अगाडि बढाउन र जनताको सुझावलाई आत्मसाथ गर्दै अगाडि अग्रपंतीमा खट्नको लागि आग्रह गर्नुभएको छ ।
फरक प्रसंगमा बोल्दै उहाँले परमादेशवाट आएको अहिलेको सरकारले आफ्नो नागरिकलाई भारतीय एसएसवील तुइन काटेर महाकाली नदीमा खसालेर बेपत्ता बनाएको अवस्थामा पनी चुईक्क समेत नबोल्नु लाचारी प्रवृती देखाएको उल्लेख गर्दै, केपी वलीको सरकारले जारी गरेको लिम्पीयाधुरा सहितको चुच्चे नक्सालाई कार्यान्वयनमा ल्याउन को लागि आग्रहसमेत गर्नुभएकोको थियो ।
भेलालाई संवोधन गर्दै नेता घर्तीले कुर्सी र पदको लागि माधव कुमार नेपालले खेलेको भुमीकालाई सिंगो नेकपा एमालेलाई कुनै असर नपार्ने उल्लेख गर्दै त्यस्ता कुराको पछाडी नलाग्नको लागि सम्पुर्ण नेता तथा कार्यकर्तालाई आग्रह गनुभएको छ ।

नेकपा एमाल रोल्पा जिल्लाका मा अध्यक्ष बालाराम बुढाको अध्यक्षता एवं नेकपा एमाले का पोलिटव्युरो सदस्य गोकुल घर्तिको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा, रोल्पा जिल्ला इंन्चागर्ज नबिन रोका, लुम्बिनी प्रदेश सदस्या कुमार दशौदी ,शान्त कुमार वली , मिना बुढा, अनेरास्वबियुका केन्द्रिय सदस्य अमृत बुढा, युवा संघ नेपालका केन्द्रीय सदस्य मिन बहादुर महरा, रोल्पा जिल्ला अध्यक्ष पैम वि.क. लगायत थुप्रै नेताकार्यकर्ताहरु बाक्लो उपस्थिति रहेको थियो।
नेकपा एमालेका रोल्पा जिल्ला सदस्य प्रेम घर्तीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निम प्रसाद रोकाले गनुभएको वताइएको छ ।

कार्यक्रमको अवसरमा रुन्टीगढी गाउँपालिकाका वडा नं ४ का ४ जनाले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा समेत प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।।

Facebook Comments