बंगलाचुली। बंगलाचुली गाउँपालिकाका स्तरीय वाइसीएलको बैठक शनिबार सम्पन्न भएको छ ।
बैठकले आउदो असोज दोस्रो हप्ता भित्र सबै वडा हरुमा वाइसीएल भेला सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ। साथै पुर्व जनमुक्ति सेना, वाइसीएल, प्रगतिशील युवा युवतीलाई सहभागी गराउने र पुर्व जनमुक्ति सेना र पुर्व वाइसीएलका कमरेडहरुलाई उहाँको योगदान लाई उच्च सम्मान गर्ने सहिद परिवारलाई भेटघाट तथा र सम्मान कार्यक्रम गर्ने समेत निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि समेत रहेका दामोदरले अहिलेको राजनीति घटना क्रमलाई जोडेर केपि ओलि इतिहासकै असफल र एउटा हास्य कलाकारको रुपामा रहेको प्रधानमन्त्री केपि लाई जिकिर गरे । बैठकमा आफ्नो प्रशिक्षण मन्तव्य राख्दै वडा ४ का वडा अध्यक्ष नारायण डांगीले अबको महत्त्वपूर्ण भुमिका युवाहरूको रहेको र इतिहासमा पनि युवाहरुले ठूलो मुल्य चुकाएको हुदा युवाहरु पछि पर्नु र निराश हुन छुट नभएको बताए । वाइसीएल नेपालका गाउँपालिका अध्यक्ष सुशीलले अबको हाम्रो कार्यभार गाउँ- गाउँमा पुगि जनताको गुनासो सुनेर जनताको समस्या लाई हल गर्ने विषयमा हाम्रो वाइसीएल तयार रहेको र जनसमुदायमा भएका विकृति विसंगतिको बिरोध डटेर समाधान गर्ने तिर हाम्रो आगामी कार्यभार रहेको बताए । गाउँपालिका स्तरीय वाइसीएल नेपालका अध्यक्ष सुशील परियारको अध्यक्षता एवं नेकपा (माओवादी ) केन्द्र का पार्टी सचिव दामोदर खड्काको प्रमुख आतिथ्यतामा भएको बैठकमा वडा ४ का अध्यक्ष नारायण डागी संगठन बिभागका प्रमुख तेजप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण वाइसीएल नेपालका गाउँपालिका सचिवले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।