• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङद्वारा मृतकप्रति शोक वक्तव्य जारी




घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङले सिस्ने खोलामा दुर्घटना परि ज्यान गुमाएकाहरु प्रती दु:ख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । पार्टीले घोराही-लमही सडकखण्ड अन्तर्गत पर्ने घोराही उपमहानगरपालिका ४ गोग्ली स्थित सिस्ने खोलामा आएको बाढीले बुधबार राती १० बजेतिर कार बगाउँदा चार जना महिलाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको हो ।

नेकपा दाङका सेक्रेटरी प्रदीप वलीको हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ -`यही मिति २०७८/५/१६ गतेका दिन अन्दाजी राती १० बजेतिर घोराही-लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाको भेलले प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको गाडी बगाउँदा उक्त गाडीमा सवार घोराही -१६ का ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ,
घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको र चालक नरबहादुर पुन घाइते भएको हुँदा उक्त घटनाले हाम्रो पार्टीलाई निकै स्तब्ध र गम्भीर बनाएको छ ।´
निर्माण व्यावसायी (ठेकेदार )को चरम लापरबाही तथा राज्यको उदासिनताको कारणले गर्दा यो कहालीलाग्दो दुर्घटना ब्यहोर्नु परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण व्यवसायिको ढिलासुस्ती र सरकारको लाचारी एवं फितलो कानुनका कारणले यस्ता काममा सम्बन्धित पक्षले जे-जे गरेपनि टुलुटुलु हेरेर बस्ने र दण्ड, सजाय नहुदा यो दर्दनाक घटना हुन पुगेको वक्तव्यमा उल्लेख गरिएको छ ।

सिस्ने खोला लगायतका अन्य खोलाहरुमा निर्माण भइरहेका पुलहरु छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै अझैपनि यो आग्रहलाई व्यवास्ता गरिएमा त्यसको जवाफ जनताले दिने वक्तव्य मार्फत चेतावनी दिइएको छ। दाङका अन्य खोलाहरुमा पुल नहुदा जनताले धेरै सास्ती व्यहोरिरहेकाले ति खोलाहरुमा पनि तत्काल पुल निर्माण कार्य सम्पन्न गर्न आवस्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई नेकपा दाङले अनुरोध समेत गरेको छ।
पार्टीले सिस्नेखोलामा दुर्घटनामा परि ज्यान गुमाएकाहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारहरुमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कमना समेत गरिएको छ ।

Facebook Comments