• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाको तुलसीपुरमा  प्रशिक्षण कार्यक्रम सम्पन्न




हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा तुलसीपुरमा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीलाई प्रशिक्षित प्रमुख वक्ता तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले गरेका थिए। कार्यक्रममा सहभागीहरुलाइ प्रशिक्षित गर्दै नेता शितलले अब नेपाली समाज दलालहरुको अधिनमा बस्न नसक्ने बताए।नेता शितलले भने,”अब नेपाली समाज दलालहरुको अधिनमा बस्न सक्दैन किनकि उसको अस्तित्व समाप्त भएको छ”।
नेपालमा फेरि एकपटक जनमतसंग्रहको निर्वाचन गर्नुपर्ने नेता शितलको धारणा थियो।संसदीय व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डा अघि सारेको बताए। संसदीय सरकार विघटन गरि प्रगतिशिल सरकार निर्माण गरि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुनै नेपालमा सबैखाले समस्याको समाधान रहेको नेता शितलको भनाइ थियो।

एक फरक प्रसंगमा नेता शितलले एकीकृत जनक्रान्ती मार्फत नेपालमा क्रान्ती सम्भब देखेर प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको बताए।।उनले हतियारको बलले बिचारलाइ नष्ट गर्न नसक्ने बताए। राज्यलाइ ठग्ने एनसेललाइ कार्वाही गरेको आफ्नो पार्टीको कदम अबैधानिक नभइ एनसेल नै अबैधानिक भएको नेता शितलको उद्घोष थियो।
नेपाली जनतालाइ परनिर्भर बनाउने,सत्ता र कुर्सीका लागि देश नै बेच्न तयार हुने दलाल सत्ताका विरुद्ध आफ्नो पार्टीले निरन्तर संघर्ष गर्ने नेता शितलले स्पष्ट पारे।
सरकार र आफ्नो पार्टीबिच भएको तिन बुदे सहमति कार्यान्वयन गरि नेपालको राजनितिक,आर्थिक,सामाजिक,सांस्कृतिक लगाएत बिबिध समस्याहरुको समाधान गर्नुपर्ने नेता शितलको आग्रह थियो। उनले तीन बुदे सहमती कार्यान्वयन नगरे जनताले बिद्रोह गर्ने उद्घोष गरे।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दरले आफ्नो पार्टीको लोकप्रियता देखेर संसदवादीहरु अत्तालिएको बताए।उनले जनताको माझमा लोकप्रिय पार्टीलाई प्रतिबन्ध लगाएर दलालहरुले युद्ध चाहेको बताए। आफुहरु खरानी हुने तर दलालहरुसंग झुकेर नबस्ने नेता सुन्दरको भनाइ थियो।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले प्रगतिशील संयुक्त सरकार,जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प नरहेको बताए।नेता प्रदिपले कम्युनिस्टलाई अधिनायकवादि र वन्दुके भन्नेहरुलाइ जनमतसंग्रह मार्फत जनताको मत लिन तयार रहन चेतावनी दिए।उनले भने,”हामिलाइ अधिनायकवादी,बन्दुके भन्नुहुन्छ केही लोकतन्त्रबादिहरु,आउनुहोस व्यवस्था चुन्ने अधिकार जनतालाई दिने जनमतसंग्रहको निर्वाचनमा भिडौ”।जनताले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने बिसयमा हुने जनमतसंग्रहमा अत्याधिक मत वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको पक्षमा दिने नेता प्रदिपको जिकिर थियो।
प्रशिक्षण कार्यक्रममा तुलसीपुर उपमहानगर अन्तर्गतका वडा इन्चार्जहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य अमर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन,केन्द्रीय स्कुल बिभाग सदस्य गति,नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही उपमहानगर इन्चार्ज तिलक,स्कुलिङ बिभाग दाङ जिल्ला प्रमुख रुद्र,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य द्वय खड्क वली र मेघराज पाण्डेको आतिथ्य रहेको थियो।


तुलसीपुर उपमहानगरपालिका स्तरीय राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटी इन्चार्ज बिकाशले गरेका थिए भने सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य पोषणले गरेका थिए।

Facebook Comments