घोराही । दाङको सिस्ने खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ४ गोग्ली स्थित सिस्ने खोलामा आएको बाढीले बुधबार राती करिब १० बजेतिर कार बगाउँदा चार जना महिलाको मृत्यु भएको हो ।
सिस्ने खोलामा आएको बाढीले रुपैडियाबाट तिजका लागि सामान किनमेल गरेर फर्कँदै गर्दा प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बगाउँदा घोराही उपमहानगरपालिका-१६ का ३२ वर्षीया सुशीला श्रेष्ठ , ३० वर्षीया राधिका श्रेष्ठ कुँवर,
घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
घोराही-१५ का ४० वर्षीय नरबहादुर पुन कार चालकको खुट्टा भाचिएको अबस्थामा उद्धार गरिएको र
घाइते चालकको उपचार घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
तस्बिर : कुलदिप न्यौपाने
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।