• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङको देउखुरीमा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न




हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत लमही नगरपालिका,राप्ती गाउपालिका र गढवा-राजपुर गाउपालिकाको संयुक्त आयोजनामा लमहिको देउखुरी उधोग बाणिज्य संघको सभाहलमा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणातमक मन्तव्य कार्यक्रमका प्रमुख वक्ता तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले व्यक्त गरेका थिए।मन्तव्य राख्दै नेता शितलले संसदीय व्यवस्था पुर्ण रुपले असफल भइसकेको बताए।व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डा सहित जनताको बिचमा छलफल गर्न तयार रहेको बताए।उनले भने,”संसदीय सरकार विघटन गरौं,प्रगतिशिल सरकार निर्माण गरौं र जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिउ, हामी सबैसंग छलफल गर्न तयार छौं”। नेता शितलले जनमतसंग्रह संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने विषयमा हुनुपर्ने बताए।

एक फरक प्रसंगमा नेता शितलले जेल,हिरासत,दमन र यातनाले क्रान्तिकारी बिचारलाइ निर्मुल पार्न नसक्ने बताए।उनले सिंगो राज्यले प्रतिबन्ध लगाएर सिध्याउन नसकेको बताउदै केही टोले अराजनीतिक तत्वहरुको चुरिफुरी हास्यास्पद भएको समेत बताए।
नेता शितलले राज्यले अनावश्यक दिनदिनै हुँदै नभएको हतियारको प्रसंग उठाइरहे एकीकृत जनक्रान्ति कस्तो हुन्छ देखाइदिने समेत बताए।उनले भने,”युद्धको घोषणा नै गरेका छैनौं,बारम्बार हतियार सोधिरहनुहुन्छ,एकीकृत जनक्रान्ती कस्तो हुन्छ देखाइदिन्छौ”। सरकार संग भएको तिन बुदे सहमति प्रती आफुहरु इमानदार रहेको र यो सम्झौता कुनै दिल्ली र साम्राज्यवादिहरुबाट निर्देशित नभइ आफ्नै बल,बुद्धि र बिबेकले गरेको नेता शितलको भनाइ थियो।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी बिशेष कमिटी सदस्य बिक्रमले वर्गसंघर्ष त्यागेर,क्रान्ती छोडेर संसदीय व्यवस्थामा पार्टी प्रबेश गरेको भनेर केही प्रतिक्रियावादीहरुले भ्रम छरेको बताए।उनले वर्गसंघर्ष त्यागेको होइन बरु बर्गबैरिका किल्लाहरु भत्काएर नेपालमा निकट भबिस्यमा वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने अठोट लिएको बताए।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दरले जनता र राष्ट्रको मुक्तिका खातिर आबश्यक परे बलिदान गर्न आफुहरु तयार भएको उद्घोष गरे।उनले कोहिपनी नेता-कार्यकर्ता प्रतिक्रियावादीहरुले क्रान्तिका विरुद्ध फैलाएको भ्रममा नपर्न अपिल गरे।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले यो संबिधान र यो संसदीय सरकार विघटन गरि प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्ने बताए।उनले नेपालमा फेरि एकपटक जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने धारणा राखे।उनले भने,”आफुलाइ लोकतान्त्रिक पार्टी भन्नेहरुले किन हाम्रो पार्टीले जनमतसंग्रहको माग गर्दा अत्तालिएका छन”?प्रश्न गरे।नेता प्रदिपले जनमतसंग्रह जनताको अधिकार भएको मागेर नदिए बिद्रोह गरेर भएपनी लिने बताए।अब नेपालमा व्यक्ती र पार्टी चुन्ने चुनाव होइन व्यवस्था चुन्ने चुनाव गर्नुपर्ने नेता प्रदिपको भनाइ थियो।
प्रशिक्षण कार्यक्रममा लमही नगरपालिका,राप्ती गाउपालिका,गढवा-राजपुर गाउपालिकाका वडा इन्चार्ज/सेक्रेटरीहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए।

सहिद परिवार समाज राप्ती इन्चार्ज धर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर,बिशेष कमिटी सदस्य बिक्रम,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,सहिद परिवार समाज राप्तीका इन्चार्ज धर्ती,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्यहरु साउनी चौधरी,मधुसूदन,भिम बहादुर बुढाथोकी,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त,जसपाबाट बिद्रोह गरि नेकपामा प्रबेश गरेका पुर्व जिल्ला सचिव सिताराम यादवको आतिथ्य रहेको थियो।
संयुक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य भिम प्रकाश पुनले गरेका थिए भने सहजीकरण लमही नगर इन्चार्ज जनकले गरेका थिए।

Facebook Comments