• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुद्रण व्यवसायीहरुको प्रदेश स्तरीय संयोजकमा कृष्ण पराजुली




हिमाल महरा
दाङ । नेपाल मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेश समिति गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरुलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न लुम्विनी प्रदेश स्तरीय भेलाले रुपन्देहीका मुद्रण व्यवसायी कृष्ण पराजुलीको नेतृत्वमा सर्वसम्मत रुपमा गठन भएको समितिको प्रथम उपाध्यक्षमा बाँकेका पूर्णलाल चुके र उपाध्यक्षमा रुपन्देहीका घनश्याम घिमीरे, सचिवमा बाँकेका सि.एम. उपाध्याय, कोषाध्यक्षमा दाङका गिरिराज आचार्य र सह–सचिवमा रुपन्देहीका डिल्ली नारायण पाण्डे चयन भएका छन् ।
सम्पन्न प्रदेश स्तरीय भेलाद्वारा प्रदेश भित्रका १२ जिल्लाका १÷१ जना सदस्य राखिएको छ ।।
त्यसैगरी सदस्यहरुमा बाँकेका हरिप्रसाद ज्ञवाली, पाल्पाबाट जगदिश भट्टराई, रुपन्देहीबाट निर्मल अर्याल, कपिलवस्तुबाट जि.पि. पाण्डे, दाङबाट गजेन्द्र बहादुर वली, बर्दियाबाट मेघराज सिग्देल चयन भएका छन् । बाँकी सदस्यहरु समितिको बैठकले मनोनयन गर्ने कोषाध्यक्ष गिरिराज आचार्यले जानकारी दिए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु तिवारीले व्यवसाय प्रर्बद्धनका लागि व्यवसायीक एकता नै प्रमुख आधार रहेको हँुदा त्यसमा जोड दिएका थिए । तिवारीले प्रदेश स्तरीय समस्याहरुको पहिचान गरि प्रदेश सरकारसंग पुरा गराउनेतर्फ लाग्न आग्रह गरे ।
व्यवसायी–व्यवसायीवीचको अस्वश्थ प्रतिस्पर्धाले गर्दा व्यवसाय धारशाही बन्नुका साथै प्रविधिको प्रयोग र राज्यका नीतिगत समस्याहरु हटाउन नसकिएको गुनासो उनीहरुको रहेको छ ।
भेलामा बोल्ने वक्ताहरुले हिजोको परम्परागत शैलीमा व्यवसाय सञ्चालन गर्दा त्यसको लगानी र प्रतिफलका बारेमा जानकार हुन नसकेको उल्लेख गर्दै एकअर्कामा सहयोगी भावनाको विकास हुन नसक्दासम्म व्यवसायमा प्रगति हुन नसक्ने उनीहरुको भनाई थियो ।

Facebook Comments