घोराही । जनपत्रकार संगठन, नेपाल दाङ जिल्लाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मंगलबार घोराहीमा एक कार्यक्रमका बीच दोस्रो सम्मेलन सम्पन्न भएको हो ।
दोस्रो जिल्ला सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि शितलले आफ्नो पार्टी र सरकार बिच भएको तीन बुदे सहमतिको बिसयमा केही दलालहरुले भ्रम छर्न खोजेको प्रती आपत्ति प्रकट गर्दै जनपत्रकारहरुले सत्य,निस्पक्ष सुचना जनतालाइ सम्प्रेषण गर्न आग्रह गरे।नेता शितलले नेपालको राजनितीक,आर्थिक,सामाजिक लगाएत बिबिध समस्याहरु हल गर्न आफुहरुले सरकारसंग तीन बुदे सहमती गरेको प्रष्ट पारे। एक फरक प्रसंगमा नेता शितलले संसदीय दलाल सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार र दलाल पुजीवादी राज्यसत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान अभियानमा पार्टी अघि बढेको बताए।केही प्रतिक्रियावादीहरुले आफुहरु जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको माग गर्दा अत्तालिएको समेत बताए।उनले भने,”लोकतन्त्रको उच्चतम रुप जनमत हो भने जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिउ”। जनपत्रकारहरुले अब आफुलाइ मानव समाजको सर्बोत्तम व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि कलमको मोर्चामा कृयाशिल गराउन अपिल गरे।
कार्यक्रममा बिशिस्ट अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य दाना केसिले समाज रुपान्तरण गर्न पत्रकारिता गर्नुपर्ने धारणा राखिन।उनले पुजिपतिहरुले आफ्नो लुटको स्वर्ग बचाउन पत्रकारिता आफ्नो ढंगले चलाएको बताइन।आफुहरुको पत्रकारिता मिसन पत्रकारिता नै भएको नेतृ दानाको भनाइ थियो।
यस्तै सम्मेलनमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले दलाल राज्यव्यवस्थाको कारणले पत्रकारिता क्षेत्रको बिकाश नभएको धारणा राखे।पत्रकारितामा भइरहेको बिकृती बिसंगतिका विरुद्ध सम्मेलनबाट निर्वाचित नया नेतृत्वले हल गर्नुपर्ने नेता प्रदिपको भनाइ थियो।
कार्यक्रममा दाङ जिल्लाका कृयाशिल पत्रकार संगठनहरु,पार्टी निकटका जनबर्गिय संगठनका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।
जनपत्रकार संगठन, नेपाल दाङ जिल्लाको दोस्रो सम्मेलन आयोजक कमिटीका संयोजक हेमन्त वलीको सभाध्यक्षमा एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यता तथा जनपत्रकार संगठनका केन्द्रीय सदस्य दाना केसी , नेकपा दाङका सेक्रेटरी प्रदिप वलीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सिस्ने अनलाइनका प्रतिनिधि हिमाल महरा,युगबोध दैनिकका आभाष बुढा, प्रेस संगठन, नेपालका जिल्ला सदस्य पाण्डब शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य तथा दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गिरिराज नेपाली, प्रेस चौतारी दाङ जिल्लाका अध्यक्ष जेएन सागर , अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अम्मर खड्का , गणतान्त्रीक खेलकुद महासंघका केन्द्रीय सदस्य कमल आरसी, गणतान्त्रीक खेलकुद महासंघ राप्ती ब्युरो संयोजक अर्जुन केसी लगायको उपस्थिति रहेको थियो ।
सम्मेलन आयोजक कमिटीका सदस्य प्रकाश वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जंगबहादुर रेउलेले गरेका हुन् ।
अध्यक्षमा : हेमन्त
जनपत्रकार संगठन, नेपाल दाङ जिल्लाको दोस्रो सम्मेलनले हेमन्त प्रकाश वलीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा जंग बहादुर रेउले, सचिबमा डिल्ली भुषाल, सह-सचिबमा दोर्ण केसी र कोषाध्यक्षमा झुमा वली रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा खगेन्द्र डांगी, प्रकाश वली, शिबराज वली,निरज बस्याल ,अंगराज परियार, रमेश चौधरी ,गीता सुनार,देब बहादुर वली, नरेन्द्र यादब, प्रकाश डांगी, असोक शर्मा र कृष्ण अधिकारी रहेका छन् ।
नबनिर्बाचित कमिटीलाई नेकपा दाङ जिल्ला सदस्य राजकुमार र माहानले बधाई मन्तव्य दिएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

