हेमन्त वली,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.७ को बैठक शनिबार सौडियारमा सम्पन्न भएको छ।
बैठकले ९ सदस्यीय वडा कमिटी गठन गरेको छ भने वडामा प्रशिक्षण कार्यक्रम गर्ने,एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियानमा व्यापक सहभागिता जनाउने,टोलटोलमा ,युवा ,महिला ,थारू ,दलित ,किसान र मजदुर लगायत ज.ब.स. संगठन निर्माण गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।
नेकपा दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियारका वडा सेक्रेटरी पदम चन्दको अध्यक्षता तथा संचालनमा भएको बैठकमा युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन जंगलीको प्रमुख आतिथ्य, नेकपा घोराही उपमहानगर कमिटी इन्चार्ज तिलक ,पार्टीका जिल्ला सदस्य तथा वडाका इन्चार्ज महानको आतिथ्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला उपाध्यक्ष तथा पार्टीका घोराही १६ का सेक्रेटरी दिनेश विक को विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।