• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रादेशिक अस्पतालका तुलसीपुरका प्रमुखमाथि भएको दुर्व्यवहारप्रति नेपाल कम्युनिस्ट पार्टीको ध्यानाकर्षण




हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह माथी भएको दुर्व्यवहार प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालको कानुन र संबिधानलाई धुवाइ दिदै गरेको अवस्थामा तथा कानुन र बिधिलाइ मान्यता दिदै गरेको परिवेशमा पनि त्यसको बर्खिलाप गर्दै केही अनेरास्ववियुको कभरमा अराजकहरुको झुन्डले मेसुमाथी गरेको दुर्व्यवहारले स्वास्थ्य क्षेत्र जस्तो जनतासंग गासिएको अति संबेदनसिल क्षेत्र माथिको प्रहारले,त्यस क्षेत्रमा परेको प्रभावले एक खाले निरास्ता पैदा गरेको उल्लेख गरिएको छ।साथै बिज्ञप्तिमा त्यस खालको गतिविधि प्रती पार्टीले खेद तथा घोर भर्त्सना गरेको उल्लेख छ। बिज्ञप्तिमा त्यस्ता गतिबिधी गर्ने जो कोहिलाइ पनि प्रसय दिने खालको अवस्था कतैबाट नआओस र सृजना नगरियोस भनी चेतावनी समेत दिएको छ। साथै बिज्ञप्तिमा मे.सु.माथी गरिएको दुर्व्यवहार गर्ने जो कोहिलाइ कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायलाइ आग्रह गरिएको छ भने अस्पतालमा भएको घटनाले अस्पतालमा कार्यरत डाक्टर,कर्मचारीहरुमा नैरास्यता नल्याई उच्च मनोवलका साथ जनताको स्वास्थ्यसंग जोडिएको सेवा प्रवाहमा कमि र समस्या नआओस् भनी सुभेच्छा समेत प्रकट गरिएको छ।

बिज्ञप्तिको पुर्णपाठ:- यहि मिति २०७८÷०५÷११ गतेका दिन राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विनोद सिंह माथी भएको दुब्र्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको संविधान र कानुनको धज्जी उडाउदै अस्पताल परिसर भित्र अनेरास्ववियूको कभर ओडेका केही उछ्रीङ्खल तथा अराजकहरुको झुण्डले मे.सु माथि गरेको दुब्र्यवहारले विश्व कोभिड—१९ को महामारीमा रहेको यस अवस्थामा डाक्टर तथा स्वास्थ्यकर्मीहरु र आम जनसमुदायहरुमा निरास्ता पैदा गरेको देखिन्छ। कोभिड—१९ को महामारीमा अग्रमोचामा खट्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्नुको साटो उहाँहरुमाथि नै कालो मोसो दल्ने र तोडफोडमा उत्रने कृयाकलापलाई कदापी छुट दिनुहुदैन । हाम्रो पार्टी स्वास्थ्ये क्षेत्रमा भएको अराजक गतिविधीप्रति खेद प्रकट गर्दै घोर भत्सर्ना गर्दछ । साथै त्यस्ता गतिविधी गर्ने जो कोहीलाई पनि प्रचलित कानुनको दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धीत निकायसंग जोडदार माग गर्दछौं । यस क्षेत्रको गरीव जनताको निम्ती घाउमा मलम पट्टी लगाउने राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी कर्मचारी उच्च मनोवलका साथ आफ्नो जिम्मेवारी पुरा गर्न र अझै उत्कृष्ट सेवा प्रदान गर्न सम्बन्धीत निकाय संग अनुरोध गर्दछौं ।                                 क्रान्तिकारी अभिवादन सहित

प्रदिप

सेक्रेटरी

Facebook Comments