• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपा तुलसीपुर उपमहानगरको बैठक, अभियानमा व्यापक संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार गर्ने




हेमन्त वली
दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको तेस्रो बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।

बैठकमा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सदस्य तथा बैठकका प्रमुख अतिथि सुन्दरले आफ्नो पार्टीले दलाल संसदीय व्यवस्थाको विरुद्ध जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुपर्ने एजेन्डा लिएको बताए।नेता सुन्दरले अहिलेको सरकारको विघटन गरि प्रगतिशील संयुक्त सरकार गठन गरेर त्यही सरकारको नेतृत्वमा जनमतसंग्रहको आयोजना गरि दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेर व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुनै सबैखाले समस्याको निर्विकल्प समाधान रहेको समेत बताए।

बैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले पार्टीले एक महिने अभियान मार्फत संगठन सुदृढ र जनसम्बध बिस्तार अभियान गर्ने उदेश्य लिएको बताए।उनले गाउँ-गाउँमा जनताहरु आफ्नो पार्टीको एजेन्डा बुझ्न लालायित भएको समेत बताए।नेता प्रदिपले जनताको शासन स्थापित गर्ने उदेश्यका खातिर बलिदानको कोटा चुक्ता गर्नुपरे आफुहरु तयार रहेको बताए। एक फरक प्रसंगमा नेता प्रदिपले संसदीय व्यवस्थाको निर्वाचनमा भाग लिन्छन भनेर केही प्रतिक्रियावादीहरुले भ्रम दिएको प्रती आपत्ति प्रकट गरेका थिए।उनले भने,”व्यवस्था बदल्न आवश्यक परे खरानी हुन्छौं,तर जनताको वैज्ञानिक समाजवाद स्थापना गरेरै छड्छौ”।
यस्तै बैठकमा मन्तव्य राख्दै स्कुलिङ बिभाग दाङ जिल्ला सदस्य मदनले शान्ती,स्वाधीनता र समृद्धिका लागि प्रगतिशील संयुक्त सरकार जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादको कार्यनीतिक एजेन्डालाई जनतामा लिएर जान अपिल गरे।उनले पार्टीले तय गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा संसारभरिका बुद्धिजीवीहरुको लागि बहसको बिसय बनेको समेत बताए। विश्वभरी संसदीय व्यवस्था असफलसिद्ध भएको र बस्तुगत परिस्थिति क्रान्तिको पक्षमा परिपक्क हुदै गइरहेको नेता मदनको भनाइ थियो।

बैठकले एक महिने संगठन सुदृढ तथा बिस्तार अभियान संचालन गर्ने,नमुना गाउ बनाउने,उपमहानगर स्तरीय राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने,उपमहानगरमा स्कुलिङ संचालन गर्ने,जबस मोर्चाको पालिका स्तरीय भेला/सम्मेलन गर्ने,नगरमा अन्तर्क्रीया गर्ने,जनतासंग भेटघाट छलफल गर्ने,सहिद परिवार,घाइते,बेपत्ता योद्धाका परिवारसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ।
नेकपा तुलसीपुर उपमहानगरका इन्चार्ज/सेक्रेटरी बिकाशको अध्यक्षता तथा संचालनमा बसेको बैठकमा नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दरको प्रमुख आतिथ्य,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको बिशिस्ट आतिथ्य,जिल्ला स्कुलिङ बिभाग प्रमुख रुद्र,जिल्ला स्कुलिङ बिभाग सदस्य मदन,नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य खड्क,राष्ट्रिय कर्मचारी महासंघका केन्द्रिय सदस्य नर बहादुर रोका,अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला संयोजक रेखाको उपस्थिति रहेको थियो।

Facebook Comments