शिक्षा ,स्वास्थ र रोजगारी ग्यारेन्टीको लागि हाम्रो आन्दोलन ! रास्ट्रीय स्वाधीनता र समाजबादी शिक्षाको पक्षमा प्रथम पालिका सम्मेलन भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी) शान्तिनगर गाउपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले प्रबिन ठाडा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा कमला पुन र राम बहादुर भन्डारी सचिबमा याम कुमारी बिक सह सचिबहरुमा प्रशान्त परियार कोषाध्यक्षमा सुशील चौधरी रहनु भएको छ ।
अखिल (क्रान्तिकारी) का नेता को अध्यक्षतमा तथा नेकपा माओबादी केन्द्र दाङ्गका सचिवालय सदस्य तथा शान्तिनगरपालिका इन्चार्ज नेब बहादुर रोकाको प्रुमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सम्मेलनमा नेकपा माओबादी केन्द्र दाङकी नेतृ राधिका परियार , नेकपा माओबादी केन्द्र का शान्तिनगर पालिका सचिब गोबिन्द भन्डारी , अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य दुर्गा बिक , भिमराज खरेल , जिल्ला संयोजक जंग रोका , पुर्ब केन्द्रीय सदस्य मदन जिएम , जिल्ला कार्यालय सदस्य कल्याण अधिकारी निस्चल केसि लगायतल प्रशिक्षण मन्तब्य राख्नु भएको थियो भने अखिल (क्रान्तिकारी) दाङ्गका कार्यालय सदस्य गिर बहादुर महराले बधाई ज्ञापन मन्तब्य राख्नु भएको थियो ।
अखिल (क्रान्तिकारी) का नेता कमला पुनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण याम कुमारी बिकले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।