• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बर्दियामा विप्लव नेकपाको संगठन विस्तार अभियान




रमेश प्याकुरेल

बर्दिया । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले संगठन सुह्ढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ। अभियानका क्रममा पार्टी संगठन निर्माणसँगै पार्टी ध्रुवीकरणको लहर बढेको नेकपा बर्दियाले जनाएको छ।

बर्दियाको बासँगडी नगरपालिकामा संचालित अभियान भव्य स्वागत एवं जनतामा व्यापक जनसम्बन्ध विस्तार भएको छ। अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि पुर्व जनमुक्ति सेनाका बटालियन VC , पलाटन कमान्ड , र कम्पनी कमान्डर कम्पनी VC लगायत २ दर्जन क्रान्तिकारी योद्वाहरुले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा वार्ताटोलि सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज दिपक चलाउने , पार्टीका जिल्ला सेक्रेटरी गणेश चौधरी, बासगँडी नगर इन्चार्ज शक्ति कमरेड , बारबर्दिया नगर इन्चार्ज लोकेश राज जोशी , बडैयाताल नगर इन्चार्ज राजेन्द्र , लगायतका नेताहरुको सहभागीता रहेको छ।

अभियानका क्रममा जनताहरुको दलाल व्यवस्थाले जनतालाई लूट मचाएको, चरम भ्रष्टाचार बढेको , नयाँ व्यवस्थाको खोजी गर्नुपर्ने, अब कुनै पनि पार्टी र व्यक्तिलाई भोट नदिने सुझाव दिएका छन ।

Facebook Comments