रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा निर्माण हुदै गरेका, निर्माण सम्पन्न भएका र निर्माण हुने तयारीमा रहेका बिभिन्न योजनाहरुको अनुगमन तथा अवलोकन गरिएको छ ।
यहि भदौ ८ गते मंगलबार नगरपालिकाको वडा नम्बर १ मा रहेको सल्ले र खलंगा जोड्ने झोलुङ्गे पुल, बह्राटाकुरामा निर्माण सम्पन्न कवर्ड हल र वडा नम्बर २ को भेरीमा निर्माण हुने तयारीमा रहेको वसपार्क निर्माणका लागि पुर्व तयारी प्रयोजनका लागि पहुचमार्ग विस्तार योजनाको अनुगमन तथा अवलोकन गरिएको हो ।
नगर प्रमुख देबीलाल गौतम, सामाजिक विकास समितिका संयोजक शुसिल गौतम, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, लेखा अधिकृत नरेन्द्र बिष्ट, इन्जिनियर पहलबहादुर पुन लगायतको टोलीले अनुगमन गरेको छ ।
लामो समयदेखि व्यवस्थित वसपार्क नहुँदा साँघुरो सडकमा सवारी साधन पार्किङका कारण सडक असुरक्षा बढ्नुका साथै वजार समेत कुरुप हुँदै गइरहेको बेला नगरपालिकाको वडा नम्बर २ को भेरीमा वसपार्क निर्माणका लागि पुर्व तयारी प्रयोजनका लागि पहुचमार्ग विस्तार गर्ने योजनाका साथ उक्त टोलीले स्थलगत अनुगमन गरेको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।