• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी तुलसीपुरको अध्यक्षमा अमर बिक




२२ औँ जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल(क्रान्तिकारी) को तुल्सिपुर उपमहानगरपालिकाको प्रथम नगर सम्मेलन सम्मन भएको छ ।

(क्रान्तिकारी) तुल्सिपुर नगर कमिटिका संयोजक अमर बिकको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य भिम बहादुर ओलिको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्य रामबहादुर दहित अन्जान , नेकपा माओबादी केन्द्र तुल्सिपुर नगर कमिटी अध्यक्ष खुसिराम चौधरीको विशिष्ट आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले अमर बिकको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ । जसको उपाध्यक्षहरुमा सृजना ओलि र हिमाल ओलि , सचिबमा अमृत आचार्य , सह सचिबमा मधुसुदन दाहाल र देबेन्द्र रिजाल र कोषाध्यक्षमा सुसाङ्ग्क बस्नेत रहनु भएको छ ।

हिमाल ओलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्ब केन्द्रिय सचिवालय सदस्य मीनराज ओलि , अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गोपाल घर्ती , दुर्गा बिक , अखिल क्रान्तिकारी दाङ्गका संयोजक जंग रोका विद्यार्थी नेत्री बिन्दु खड्का , नेकपा।

माओबादी केन्द्र जिल्ला कमिटी सदस्य तुलाराम भन्डारी, तुल्सिपुर नगरपालिकाका कार्यपालिका सदस्य माइकल लगायत प्रशिक्षण मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मिसन सुनारले गर्नु भएको थियो ।

Facebook Comments