अखिल(क्रान्तिकारी) दाङ्गले २२ औ जिल्ला सम्मेलनको तयारीलाई तिब्र बनाएको छ ।
अखिल (क्रान्तिकारी) घोराही नगर कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ । नगर कमिटिका अध्यक्ष हिमाल महराको अध्यक्षता एबम नेकपा (माओबादी ) केन्द्र घोराही नगर कमिटिका सचिब प्रमोद शर्माको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य सन्तोश पोख्रेलको विशिस्ट आतिथ्यमा सम्पन्न भएको बैठकले हिमाल महराको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटिलाई पुर्णता दिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भारती , उपाध्यक्षमा सरद पौडेल र मोहन डाँगी , सचिबमा सन्तोश दाहाल , सह सचिबमा लेखराज जिसि र आकास बिस्वकर्मा , कोषाध्यक्षमा गोमा योगि रहनु भएको छ ।बैठकमा अखिल (क्रान्तिकारी) दाङ्गका संयोजक जंग रोका , जिल्ला कार्यालय सदस्य तथा क्षेत्र न २ का इन्चार्ज गिर बहादुर महरा, सचिवालय सदस्य गोबिन्द मल्लले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो।
भाद्र २८ गते सम्पन्न हुन गैरहेको २२ जिल्ला सम्मेलनको तयारी तिब्र बनाएको अखिल (क्रान्तिकारी) दाङले मोहन भुसालको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी चयन गरेको छ । साथै अन्य पालिकाको सम्मेलन/ भेलालाई पनि तिब्र बनाई भाद्र २० गते भित्र सम्पन्न गरि सक्ने अखिल (क्रान्तिकारी) दाङ्गका कार्यालय सदस्य गिरबहादुर महराले जानकारी दिनुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
