दाङको घोराहीदेखि पहाडी गाउँपालिका बंगलाचुलीको मुर्कुटीसम्म साना गाडी चल्न थालेका छन् ।
यसअघि विहान र दिउँसो मात्रै घोराही–मुर्कुटी सडकमा बस चल्ने भए पनि अब विहान ७ बजेदेखि साँझ ५ बजेसम्म साना गाडी चल्ने भएपछि यात्रा गर्न सहज हुनेछ ।
नमस्ते दाङ यातायात प्रालिले घोराही १८ नवलपुरदेखि मुुर्कुटीसम्म विहान ७ देखि साँझ ५ बजेसम्म गाडी सञ्चालन गर्न थालेको छ । भदौ ७ गतेदेखि यातायात सेवा शुरु गरिएको रुट इञ्चार्ज प्रेमबहादुर सारु मगरले जानकारी दिनुभयो । सेवा आरम्भ बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले गर्नुभएको थियो ।
अहिले चारवटा साना गाडीबाट यात्रा शुरु गरिएको छ भने अबको एक हप्ताभित्रै दश वटा गाडी ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसअघि यो प्रालिले भालुवाङदेखि प्युठान र रोल्पासम्मको सेवा दिंदै आएको छ ।
यो रुटमा अहिले दैनिक चार वटा बस चल्ने गरेका छन् । घोराही–मुर्कुटी रुटमा बसले २३० रुपैयाँ भाडा लिने गरेकोमा साना गाडीले २५० लिन थालेका छन् । अब बंगलाचुलीमा सरकारी समयमा कामकाज गरेर पनि साँझ जीप झर्न पाइने भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।