• २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी दाङको जिल्ला सम्मेलन भदौ २८ मा




नेकपा माओबादी केन्द्र निकटअखिल (क्रान्तिकारी) दाङको बिस्तारित बैठक सम्पन्न भएको छ ।

बैठकले जिल्ला सम्मेलन भदौ २८ मा गर्ने निर्णय गरेको छ । त्यस्तै भदौ २० गतेसम्म स्थानीय तह र क्याम्पस सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

अखिल क्रान्तिकारी दाङका जिल्ला संयोजक जंग रोकाक अध्यक्षता एबम नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ्ग जिल्ला इन्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यता र अखिल क्रान्तिकारी का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश संयोजक नारायण खनालको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

बैठकले जंग रोकाको संयोजकत्वमा ३१ सदस्यीय २२ औं जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ । साथै बैठकले सम्मेलनलाई ब्यबस्थित बनाउनका लागि क्षेत्रीय इन्चार्जहरु तोकेको छ ।

जस अन्तरगत क्षेत्र न १ मा कल्याण अधिकारी , क्षेत्र न २ मा गिर बहादुर महरा , क्षेत्र न ३ मा निस्चल केसि रहनु भएको छ । बैठकमा विशिष्ट अतिथी नेकपा माओबादी केन्द्र दाङ्गका सचिब सुबास पुन , अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य सन्तोष पोख्रेल, भिमराज खरेलले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो ।

Facebook Comments