नीमादेवी खनाल बालकविता प्रतियोगिता अन्तर्गत घाेराही क्षेत्रकाे नतिजा प्रकाशित गरिएको छ ।
घाेराही क्षेत्रबाट प्राप्त दुई दर्जन कविताहरू मध्येबाट आज बसेको निर्णायक/ मुल्यांकन समितिको निर्णय सार्वजनिक गरिएकाे हो । नीमादेवी खनाल बालकविता प्रतियोगिताका लागि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालले अाफ्नी अामाकाे स्मृतिमा अक्षकाेष स्थापना गर्नु भएकाे हाे ।
निर्णायक तथा मुल्यांकन समितिमा साहित्यकारहरू कमलमणि देवकोटा, भुवन देवकोटा शरद, खगराज न्याैपाने सहित तीन जनाकाे मुल्यांकनबाट प्रथम आयुष देवकोटा, गोरखा इन्टरनेशनल स्कुल घोराही, द्वितीय वैभवी गौतम, जनज्योति बिद्यामन्दिर घोराही, तृतीय अतिसा पोख्रेल, माउन्ट भ्यु बाेडिङ स्कुल घोराही र सान्त्वना ममता आचार्य, सगरमाथा बाेडिङ स्कुल गाेग्ली पुरस्कृतका लागि छनाैट भएका छन् ।
पुरस्कृतका लागि छनाैट भएका विद्यार्थी भाइ बहिनीहरूलाई समय अनुकूलता हेरी राप्ती साहित्य परिषद् दाङ शाखाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिनु भएकाे घाेराही क्षेत्रका कार्यक्रम संयोजक यम रेग्मीले बताउनु भएकाे छ ।
तुल्सीपुर र लमही (देउखुरी) क्षेत्रका लागि समय थप गरिएकाले भाद्र १५ गते भित्र dangibilalata3@gmail.com, akmagar2048@gmail.com, jcdeepak78@gmail.com र kc_prakash33@gmail.com मा १४ वर्ष मुनिका बालबालिकाहरूका बालकविता पठाई सहयोग गरिदिन हुन सम्वन्धित क्षेत्रका विभिन्न स्कुलका प्रधानाध्यापक, अभिभावक र १४ वर्ष मुनिका विद्यार्थी भाइ बहिनीहरु सबैमा सचीव प्रकाश केसीले अनुरोध गर्नु भएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
