• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जोखिम ठाउँमा राखिएको ट्रान्समिटरलाई घेराबार




रोल्पामा जोखिम ठाउँमा राखिएको ट्रान्समिटरलाई घेराबार गरिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मा विद्युत सुचारु गर्नका लागि पोलमा राखिएको जोखिमपूर्ण ट्रान्समिटरलाई घेराबार गरिएको हो ।

वडामा पर्ने ओखरपाटा र छापमा पोल तथा तार टाँगेको लामो समयपछि विद्युत विस्तार गर्नका लागि ट्रान्समिटर राखिएको भएतापनि जोखिम ठाउँमा भएकाले कुनै पनि मानविय क्षति हुनसक्ने भन्दै स्थानीयहरुले सो ठाउँमा घेराबार गरेका छन् ।

हिजोको दिनमा बालबालिकाहरु विद्युत पोल गाडेको ठाउँमा गएर खेल्ने, पोल चढ्ने जस्ता कामहरु गर्दै आइरहेको हुँदा अबको दिनमा पनि बालबालिकाहरुले कुनै पनि समयमा फेरि विद्युतका पोलहरुमा गएर छुन सक्ने भन्दै उक्त जोखिमपूर्ण ठाउँमा संरक्षणका लागि घेराबार गरेको स्थानीयबासीहरुले जानकारी दिएका हुन् ।

दुई गाउँको बीचमा विद्यालय भएको र मोटरबाटो छिउमै ट्रान्समिटर राखेको हुनाले विद्यार्थीहरु विद्यालय जाने÷घर फर्कने क्रममा कुनै पनि समयमा दुर्घटना हुनसक्ने भन्दै जोखिम ठाउँमा रहेको ट्रान्समिटरको चारैतिरबाट घेराबार गरेको फूलबारी महिला सामुदायिक वनका कोषाध्यक्ष कमल बोहराले जानकारी दिए ।

स्थानीय तह र विद्युत जडान गर्ने व्यक्तिको लापरबाहीका कारण भोलिका दिनमा कुनै पनि प्रकारको दुर्घटना हुनसक्ने भन्दै फूलबारी महिला सामुदायिक वनको आर्थिक सहयोग तथा स्थानीय जनताहरुको साथ÷सहयोगमा जोखिमपूर्ण ठाउँमा राखिएको ट्रान्समिटरलाई घेराबार गरिएको कुरा हामीलाई जानकारी प्राप्त भएको छ ।

Facebook Comments