नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाइसिएल घोराही उपमहानरको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट कुशल बुढाको अध्यक्षतामा ४५ सदस्यीय नगर समित निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा अशोक घर्ती र जग्गु चौधरी, सचिव बलजीत बिक, सहसचिवमा खुमबहादुर खड्का र खेमराज शर्मा तथा कोषाध्यक्ष सु्शीला थापा चयन हुनुभएको छ ।
कुशल मगरको अध्यक्षता, वाइसिएलका केन्द्रीय सदस्य दीपशिखा जीएमको प्रमुख र माओवादी केन्द्र घोराहीका सचिव प्रमोद शर्माको बिशिष्ठ आतिथ्यमा सम्मेलन भएको हो ।
कार्यक्रमका वक्ताहरुले समाजजवादी अभियानमा युवाहरुलाई उत्पादनमा जोड्नुपर्ने बताएका थिए ।
कार्यक्रममा माओवादी केन्द्र दाङका सचिवाल सदस्य खिमबहादुर चौधरी, राजु परियार, वाइसिएलका संयोजक माधव बुढाथोकी, कार्यालय सदस्य अनिल श्रीपाइली, इराक घर्ती, सुवास बिकलगायतले बोल्नुभएको थियो ।
छ जना वाइसिएलमा प्रवेश
सो क्रममा कांग्रेसनिकट युवाहरु मानबहादुर खत्री, रमेश भण्डारी, बिष्णु खड्का, बिजय थापा र दिनेश केसी तथा एमालेनिक युवा प्रकाश खत्री माओवादी केन्द्रनिकट वाइसिएल केन्द्रमा प्रवेश गरेका थिए ।,
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।