• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वास्थ्य शाखा होेलेरीको वार्षिक समीक्षा




मनोज पुन
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०७७/७८ को स्वास्थ्य शाखाको वार्षिक प्रगती समीक्षा गोष्ठी शुक्रवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष छमाँया पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत बासुदेव भट्टराई ,जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेल , पालिका प्रवक्ता जगतबहादुर घर्ती ,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा,वडाअध्यक्षहरु,शाखाप्रमुखहरु ,सम्पुर्ण स्वास्थ्यचौकीका ईन्चार्जहरु लगायत को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा का गणेश बुढाले सम्पुर्णलाई स्वागत मन्तव्य दिदै कार्यक्रमको उद्येश्य माथी प्रकाश पार्दै रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक प्रगती विवरण पेश गर्नु भएको थियो ।
कार्यक्रममा सुरक्षित मातृत्व,खोप,मानव तथा भौतिक संरचना,एम्वुलेन्स सेवा,सुत्केरी स्याहार ,पोषण तथा गाउँपालिकामा औषधीको अवस्थाको वारेमा प्रगती विवरण पेश गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय रोल्पा का प्रमुख नोखराज पोख्रेलले यस्ताखालका कार्यक्रम राख्दा नेपाल सरकारले दिएको निर्देशन पछि आएको नतिजा तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा सिकाई हुने कुरामा जोड दिनुभएको छ। कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष पुन ले स्वास्थ्य क्षेत्र नागरिकको प्रत्यक्ष सरोकार राख्ने संवेदनसिल क्षेत्र भएको हुदा स्वास्थ्यकर्मीहरुले तनमन लगायर काम गरिरहनुभएको र आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरेको कुरामा जोड दिनुभएको छ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका सहसंयोजक मालती वस्नेतले गर्नुभएको थियो ।

Facebook Comments