• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाइसिएल बंगलाचुलीको सम्मेलन,अध्यक्षमा परियार




नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाल बंगलाचुलीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट अध्यक्षमा सुशील परियार निर्वाचित हुनुभएको छ । जसको ,उपाध्यक्षहरु कुल बहादुर ओली र मदन घर्ती, सचिव नारायण भण्डारी, सहसचिब हरिप्रसाद घर्ती र कोषाध्यक्ष लालमता पुनसहित ४९ जना सदस्यीय गाउँपालिका समिति चयन गरिएको छ ।

सम्मेलनमा प्रमुख अतिथि माओवादी केन्द्र दाङका सचिव तुलसीराम पुन, बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली, वाइसिएल जिल्ला संयोजक माधव बुढाथोकी, कार्यलय सदस्य अनिलराज श्रीपाली, क्षेत्र नम्बर २ कासंयोजक हिमाल रसाइली, बङ्गालाचुली गापा इन्चार्ज प्रेम सारु मगरलगायतले सम्वोधन गर्नुभएको थियो ।

Facebook Comments