• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनपत्रकार संगठन नेपालको दोस्रो बैठक सम्पन्न , जिल्ला सम्मेलन भदौमा हुने




हेमन्त वली

दाङ । जनपत्रकार संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितीको दोस्रो बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाश,नेकपा दाङ जिल्ला स्कुलिङ बिभाग इन्चार्ज रुद्रको आतिथ्य रहेको थियो।
दोस्रो बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना नै सबैखाले समस्या निर्विकल्प समाधान भएको बताए। नेता शितलले श्रमजीवी जनपत्रकारहरुले दलाल पुजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने कुरा जनतालाइ बुझाउन कलम चलाउनुपर्ने बताए।उनले संसदीय व्यवस्था नेपालमा असफल भइसकेको भन्दै विकल्पमा संयुक्त प्रगतिशील सरकार गठन गरि जनमतसंग्रह मार्फत संसदीय व्यवस्था वा जनताको वैज्ञानिक समाजवादि व्यवस्था भन्ने बिसयमा जनतालाई व्यवस्था चुन्ने सार्बभौम अधिकार दिन राज्य तयार रहनुपर्ने धारणा राखे।
बैठकमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले पुजीवादी सत्ताले जनताको जनजीवन अस्तव्यस्त पारेको तथ्य जनतासम्म पुर्याउने महत्वपूर्ण गहन जिम्मेवारी पत्रकारहरुको कलममा आएको बताए।उनले भने,”भ्रस्टाचार,बेथिति,बिकृती,बिसंगति संसदीय व्यवस्थाका उपज हुन,यसका विरुद्ध कलम चलाउनुस”।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितीको दोस्रो बैठकले ४ जना सदस्य थप गरि १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ।बैठकले जिल्लाका अन्य पत्रकार संग भेटघाट छलफल गर्ने,संगठनको सम्मेलन भाद्र महिना भित्र गर्ने,जिल्लामा अन्तरक्रीया गर्ने,पत्रकारिता तालिम संचालन,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्ष गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ भने सम्मेलनको भब्य तयारी गर्न पालिका स्तरमा जिम्मेवारी ठोस गरिएको छ।
दोस्रो बैठकको संचालन तथा अध्यक्षता संगठन जिल्ला सम्मेलन आयोजक समितिका संयोजक हेमन्त प्रकाश वलीले गरेका थिए।

 

Facebook Comments