• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युबा क्लबद्वारा बंगलाचुलीमा ६ सय मास्क वितरण




मधुसूदन गिरी
बंगलाचुली । स्टार बंगलाचुली युवा क्लबले बंगलाचुलीका विभिन्न स्थानामा ६ सय मास्क वितरण गरेको छ । दाङको बंगलाचुली गाउँपालिकामा रहेको स्टार बंगलाचुली युवा क्लवले कोरोना भाइस रोकथाम तथा नियन्त्रण गर्नका लागि सर्बसाधारण जनताहरुलाई ६ सय मास्क वितरण गरेको हो । क्लवका अध्यक्ष सशिधर परियार शुसिलकाे संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।


विश्वभरि माहामारीको रुपमा फैलिरहेको करोना भाइरस नियन्त्रण तथा शनिवार बंगलाचुलीमा घुम्न आउने पर्यटकहरुलाई मध्यनजर गर्दै मास्क वितरण गरेको क्लवका अध्यक्ष परियारले बताए । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले क्लवलाई माक्स सहयोग गरेको समेत उनले बताए । मास्क ५ वर्षको बालकदेखि ७० बर्षका वृद्धवृद्वालाई र बंगलाचुलीको कमिरेचौर देखि मुर्कुटी जाने सडकसम्म सबै जनालाई , सार्बजनिक बसका चालक तथा सहचालकहरुलाई समेत वितरण गरिएको उनको भनाई छ ।
दाङमा कोरोना भाइरसको संक्रमण दर बढिरहेकोले सम्पूर्ण सुरक्षित रहन क्लवले अनुरोध पनि गरेको छ ।

Facebook Comments