• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आजदेखि माओवादी केन्द्रको बैठक, अध्यक्षको प्रतिवेदन प्रस्तुत हुने




पार्टी विभाजनपछि सांगठिक क्रियाकलापमा सुस्त देखिएको नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौंमा शुरु हुने भएको छ ।
बैठकले सांगठनिक सक्रियताका साथै अन्य बिबिध बिषयमा निर्णय गर्ने गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

प्रतिवेदनमा राष्ट्रिय सम्मेलनको प्रस्ताव गरिएको स्रोतले जनाएको छ । मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्तावसहितको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गर्न लागेको नेताहरुले बताएका छन् ।

प्रतिवेदनमा गणतन्त्र र संविधानमाथि आक्रमण अझै नरोकिएकाले उपलब्धि रक्षाका लागि निरन्तर संघर्षमा जोड दिइएको छ । यसका लागि प्रतिगामीसँग संघर्ष तथा प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यमा जोड दिइएको छ ।

बैठकले पार्टीका नेताहरुको कार्यविभाजन पनि गर्नेछ। बैठकले पार्टीको विधान समेत पारित गर्ने कार्यतालिका छ।

माओवादी केन्द्रबाट नेकपामा २ सय केन्द्रीय सदस्य थिए। अहिले त्यो संख्या १ सय ८४ जना रहेको छ। माओवादीको नयाँ विधानमा २ सय ९५ जना केन्द्रीय सदस्य बनाउने उल्लेख छ। संभवतः यही बैठकबाट एक सय बढी केन्द्रीय सदस्य थपिने छन् ।

जसका लागि जिल्ला र प्रदेशहरुले यसअघि नै नाम सिफारिस गरिसकेका छन् । अब महिला, दलित र युवा प्रतिनिधित्व बढाउने नयाँ नीतिअनुसार समावेशीस्वरुपमै केन्द्रीय सदस्य थपिने र थपिनेमा अधिकांश महिला रहने नेताहरुले बताएका छन् । नयाँ संरचनाअनुसार माओवादी केन्द्रले सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बनाउने छ ।

माओवादी केन्द्रले बाम ध्रुवीकरण र लोकतान्त्रिक सहकार्यको नीति अघि बढाउने तयारी गरेको छ । एमालेको माधव नेपाल पक्ष, जसपा र विप्लव नेकपालगायका दलहरुसँग एकताका लागि पहल गर्ने तथा नेपाली कांग्रेससँगको सत्ता सहकार्य तल्लोस्तरसम्म पुर्याउने माओवादी तयारी छ ।

Facebook Comments