• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘म पनि पढ्न जान्छु’को समीक्षा




राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १७९अाैँ श्रृङखलामा साहित्यकार एवं पत्रकार शरद अधिकारीद्वारा लिखित “म पनि पढ्न जान्छु ” बालकविता सङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार एवं समालोचक डा. अमर गिरीको प्रमुख आतिथ्यता तथा परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे विशिष्ट आतिथ्यमा भएको थियाे ।

सो कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले “म पनि पढ्न जान्छु” बालकविता सङ्ग्रहकाे समीक्षा गर्नु भएकाे थियाे । साे पुस्तकका लेखक शरद अधिकारीले पुस्तक लेखनका बारेमा अाफ्ना धारणा राख्नु भएकाे थियाे । उक्त कार्यक्रममा समीक्षकले गर्नु भएकाे समीक्षाकाे टिपाेटकर्ताकाे रूपमा निवर्तमान अध्यक्ष एवं सल्लाहकार कमलमणि देबकाेटाले जिम्मेवारी निर्वाह गर्नु भएकाे थियाे ।

कार्यक्रममा सल्लाहकार डा लाेकराज पराजुली, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा शरद साहित्यकाररू डा हिमलाल पन्थी, देवेन्द्र रिजाल, गिरीराज पन्थी, शुभाष न्याेपाने, गाेपाल भुषाल अभिलाषी, स्वर्णशिखा, बसन्त वली बसन्ती लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
उक्त समीक्षा कार्यक्रममा “म पनि पढ्न जान्छु” बालकविता सङ्ग्रहकाे समीक्षा गर्ने अवसर परिषद् जिल्ला शाखा दाङलाई प्रदान गरेकोमा साहित्यकार शरद अधिकारीलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे । परिषद् जिल्ला शाखा दाङका सचिव प्रकाश केसीले स्वागत मन्तव्य सहित कार्यक्रम को सहजीकरण गर्नु भएको थियो ।

Facebook Comments