• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गापाको वार्षिक समीक्षाः जनमुखी विकास निर्माणमा जोड




मनोज पुन
रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगती समिक्षा कार्यक्रम शुक्रवार होलेरी मा सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई, गाउँपालिकाका प्रवक्ता जगत वहादुर घर्ती , सम्पुर्ण कार्यपालिकाका सदस्यहरु , सम्पुर्ण विषयगत शाखाका शाखा प्रमुखहरु र कर्मचारीहरुको उपस्थितीमा वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्येश्यमाथी प्रकाश पार्दै प्रमुख प्रशासkeय अधिकृत वासुदेव भट्टराईले गाउँपालिकाको प्रत्येक चौमासिक रुपमा वार्षिक प्रगतीको समिक्षा गर्नुपर्ने वताउदै रुन्टीगढी गाउँपालिकाले प्रत्येक चौमासिक वा प्रत्येक वर्षमा के कती कामहरु सम्पन्न भएका छन् र गरिएको कामवाट आएको नतिजावाट अन्य थुर्पै योजनाहरु निर्माण, सकिाई तथा अभ्यासहरु गर्न सकिने भन्दै यसको आवश्यक र महत्व ब्यापक भएको वताउनु भएको छ ।

कार्यक्रममा सम्पुर्ण विषयगत शाखा प्रमुखवाट आर्थिकवर्ष २०७७/७८को कार्यप्रगती विवरण प्रस्तुत गर्न अनुरोध गर्दै अवका दिनहरुमा स्थानिय नागरिकको कामको सहजताको लागी के कस्ता कामहरु गर्नुपर्ला भन्ने विषयमा समेत प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा शाखागत रुपमा गरिएको प्रगतीको विवरण तथा समिक्षा कार्यक्रममा कार्यपालिका सदस्य र शाखागत प्रमुख हरु संग प्रश्नोत्तर तथा छलफल समेत गरिएको थियो ।

ब्यानर पढेर उद्घाटन गर्नुभएको कार्यक्रमको समापन गर्दै कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले गत आर्थिकवर्षमा रुन्टीगढी गाउँपालिकामा सन्तोषजनक काम भयपनि जनता संग प्रत्यक्ष जोडिएका कार्यक्रमहरु विश्वब्यापीरुपमा फैलिएको कोभिड १९ कोरोनाको प्रभावको कारण प्रभावित भएको उल्लेख गर्दै कार्यक्रममा प्रस्तुत गरिएका चुनौतीको सामना गर्नको लागी स्थानिय सरकारले सम्वन्धीत शाखा प्रमुखहरु संग खेल्नुपर्ने भुमिकाको विषयमा सधै तत्पर रहेको कुरामा जोडदिनुभएको छ ।

फरक प्रसंगमा वोल्दै उहाँले जनताको सेवा र सहजताको लागी जनप्रतिनिधि तथा कर्मचारीहरुले खेलेको सकारात्मक भुमिकाप्रती धन्यवाद ब्यक्त गर्दै आगामी आर्थिकवर्षमा जनतालाई सहजैरुपमा सेवा प्रदान को लागी तत्पर हुनेकुरामा र उत्कृष्ट सेवाप्रदानको लागी उत्कृष्ट कार्यसम्पादन गर्नुहने कुरामा आशा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन सहायक भागवत घिमिरेले गर्नु भएको थियो ।

Facebook Comments