• १९ श्रावण २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेताकार्यकर्ता एमालेमा प्रवेश




होलेरी । रोल्पामा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ सुर्पालमा बिहीबार एक कार्यक्रमका बीच विभिन्न राजनीति दल परित्याग गरि १४ जना ने.क.पा.एमालेमा प्रवेश गरेका हुन् । देशलाई विकासको गतिमा लैजाने र जनताको हकहितमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै भएको भन्दै पाटी प्रवेश गरिएको नव प्रवेशीहरुले बताएका छन् । नेकपा एमाले रुन्टीगढी गाउँ कमिटी सदस्य शिवलाल रोकाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा रोल्पा जिल्ला कमिटी सदस्य तथा रुन्टीगढी गाउँकमिटी संयोजक गोपाल डाँगी, जिल्ला कमिटी सदस्य छमायाँ पुन,गाउँ संगठन कमिटीका सदस्य गणेश गिरी लगायत को उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । विभिन्न दलहरु परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुमा भक्त सेन ठकुरी,खुम बहादुर सेन,गुमान मल्ल,निम बहादुर घर्ती,रिम बहादुर राना,बले राना, कृष्ण घर्ती,देव वहादुर सेन,दुर्गा चन्द,तारा वहादुर राना,ठगेन्द्र मल्ल,देवीजंग सेन ठकुरी,जिवराज घर्ती,सन्जीव गिरी लगायत पाटी प्रवेश गरेको जानकारी प्राप्त भएको छ। नव प्रवेशीहरुलाई स्वागत तथा अविरलेपन गर्दै प्रमुख अतिथी समेत रहनुभएका डाँगीले जनताको आशा अनुसारको काम गर्ने पाटी नेकपा एमाले मात्रै भएको भन्दै जनअपेक्षा अनुसारको काम गर्नको लागि सम्पुर्णमा नेकपा एमालेमा गोलवन्द भएर अगाडी वढ्नुपर्ने कुरामा जोड दिए । कार्यक्रको सहजीकरण नेकपा एमाले रुन्टीगढी गाउँकमिटी सदस्य बेगम घर्तीले गरेका हुन् ।

Facebook Comments