• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमाले महिला संघ अध्यक्षलाई माओवादीमा स्वागत




नेकपा एमालेनिकट अनेमसंघ घोराही उपमहानगरपालिका १८ की अध्यक्ष रेखा पाण्डेलाई माओवादी केन्द्रले स्वागत गरेको छ ।

माओवादी केन्द्रको विस्तारित वडा बैठकमा नवप्रवेशी पाण्डेलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य भीमकुमारी बाँठाले स्वागत गर्नुभएको हो ।

वडा अध्यक्ष सुरश बुढाको अध्यक्षता र बाँठाको प्रमुख आतिथ्यमा बसेको विस्तारित बैठकले ३५ सदस्यीय वडा समिति पुनर्गठन गरेको छ । बैठक सञ्चालन सचिव टीकाराम थापाले गर्नुभएको थियो । बैठकमा जिल्ला सदस्य एवं वडा इञ्चार्ज प्रमिता चौधरीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments