• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भैसी गोठालोमा रमाउदै पूर्व प्रधानाध्यापक शर्मा




जागीरे जीवनपछी तपाई के गर्नुहुन्छ ? प्रायले भन्ने गर्छन- के गर्नु र अब, आराम, घुमघाम, ब्यापार वा बसिबसाउ । तर एक अवकासप्राप्त प्रधानाध्यापकलाई भने यी कुरा लागू हुन्न । रुकुम पश्चिमको आदर्श माध्यमिक बिद्यालय आनपा १४ बाट हालै अनिवार्य अवकाशप्राप्त प्रधानाध्यापक चिन्ताराम शर्मा भने अवकाशपछिको जीवनलाई सधैं उर्जावान बनाउन भैंसी गोठाले बनेर उदाहरणिय बन्नुभएकाे छ ।

गएकाे जेठ २६ गते उमेरहदका कारण सेवानिबृत्त हुनुभएका पुर्व प्रधानाध्यापक चिन्ताराम शर्मा यतिबेला भैसिपालनतर्फ आकर्षित हुनुभएकाे छ । पहिले दैनिक हातमा मार्कर र पाठ्यवस्तु समाउने आजभोली हसिया, घाँस अनि भैसिलाई खुवाउने कुडाे हुन्छ ।

त्यतिकै समय खेर फाल्नुभन्दा केहि न केही काम गर्दा आफुलाई पनि आनन्द आउने शर्मा भन्नुहुन्छ । उहाँ अगाडि भन्नुहुन्छ – “आफुलाई जे कर्ममा आनन्द आउँछ त्यही गर्ने हो, मलाई भैंसी गोठालेमै आनन्द छ” उहाँ थप भन्नुहुन्छ – “भैसि पालन गर्दा र गोठाले बन्दा कुनै ग्लानी छैन बरु थप उर्जा प्राप्त भएको छ ।” एआजभोलि उहाको दैनिकी फेरिएको छ ।

बिहानै उठ्नु, भैसिलाई दाना खुवाउनु, मलपात सोहर्नु अनि चराउन लिनु । यसो गर्दा आफ्नो खाली समय पनि उपयोगमा आएको र घरपरिवारलाई सहयोग पनि भएको उहाको भनाई छ । उसो त अन्य सेवा निबृत्त कर्मचारीहरुलाई पनि खालिहात बस्नुभन्दा केहि न केही सिर्जनात्मक काम गर्न सल्लाह दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “भैंसी नै पाल्नुपर्छ भन्ने केही छैन तर त्यतिकै नबस्नुहोस, त्यतिकै बस्दा आफुलाई बोझ फिल हुन्छ ।” आजभोलि उहाका दुईवटा भैंसी छ्न । भैसिको स्याहारसुसार गर्दा दिन बितेको पत्तै नहुने शर्माको भनाई छ । उहाको भैंसी गोठाले मोह देख्दा छिमेकी भिम ब मल्ल पनि दङ्ग हुनुहुन्छ । अहिले अवकाशपछिको जीवनमा पनि कृषि सेवामा रमाएकाे देख्दा शर्माकी श्रीमती निमाकुमारी शर्मा पनि दङ्ग हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “उहाँ भैसि गोठाले बन्नुहोला भन्ने लागेकै थिएन तर उहाको सोचाईले हामिलाई थप हौसला बढेको छ ।” उसो त उहाले अन्य काम गर्न नसक्ने भने होइन । चाहेमा उहाँ बसिबसी पनि खान सक्ने आर्थिक जोहो छ । उहाले ब्यापार, ब्यबसाय, हाउजिङ, मार्केटिङ, विभिन्न क्याम्पसमा अध्यापन जस्ता सबै गर्न सक्नुहुन्थ्यो तर यी कुनैमा ध्यान गएन । उहाँ भन्नुहुन्छ – “म अन्य काम गर्न पनि सक्थे तर पढेलेखेकाले गाईभैसी र घाँस दाउरा गर्न सुहाउदैन भन्ने कुरालाई चिरफार गर्न पनि यो पेसा अगालेको हु, यसमै मलाई रमाउन मन छ ।”

पुर्व प्रधानाध्यापक चिन्ताराम शर्मा हुने बिरुवाको चिल्लो पात भनेझै आठबिसकोट नगरपालिकामा सबैभन्दा पहिले एसएलसि र जागीर खानेमा पहिलो नम्बरको कोटिमा पर्नुहुन्छ । औपचारिक शिक्षा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका शर्मा सानादेखि ठुलो उमेरका सबै सङग साथ गर्न रुचाउनुहुन्छ । शर्माले आफ्नो जीवनकालको ४० वर्ष शिक्षण पेसामा सेवा गरेर पनि भैंसी गोठाले रोज्नु सबैका लागि प्रेरणा बन्न सक्छ । उहाको आगामी दिन सुखमय बितोस ।

Facebook Comments