• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीभित्रै सडकको यो हालत, गएन कसैको ध्यान (फोटो फिचर)




दाङको घोराही उपमहानगरपालिका १८ नवलपुर र घोराही बजारलाई जोड्ने कटुवाखोला पुलनजिकको सडक खाल्डैखाल्डामा परिणत भएको लामो समय बितिसक्दा पनि सरोकारवालाको ध्यान जान सकेको छैन ।

केही समयअघिसम्म सडक राम्रो भए पनि बर्षा लागेपछि खाल्डा पर्दै गएको र त्यसमा ठूलो क्षमताका सयौं टिप्पर चल्ने गरेकाले सडक पूरै हिलाम्मे बनेको छ ।

घोराही–प्युठान सडकअन्तर्गत पर्ने यो बाटो डिभिजन सडक कार्यालयको सेवाभित्र पर्ने भए पनि सडक डिभिजनले कुनै वास्ता नगरेको स्थानीयले बताएका छन् ।

जसले गर्दा यो सडकहुँदै गुड्ने साना सवारी साधन र पैदलयात्रुले निकै सास्ती खेपिरहेका छन् । त्यसो त घोराही–प्युठान सडकको नवलपुर चोकको प्रतिक्षालयनजिक भेलले सडक भत्काएको छ ।

त्यसको मर्मतका लागि डिभिजन सडकको ध्यान जान सकेको छैन ।

Facebook Comments