लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा छलफल चलिरहेको बेला प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा पठाएको छ ।
मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले बोलेपछि मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा स्थगित गरेका बेला उहाँको राजीनामाबारे जानकारी आयो, अब प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौं’ प्रदेशसभा सचिव पुनले बताए ।
उनका अनुसार अब विशेष अधिवेशन अन्त्य गर्ने वा स्थगित गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।