• ९ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आजबाट मनसुन थप सक्रिय बन्दै: केही दिन भारी बर्षाको संभावना




आजबाट मनसुन थप सक्रिय भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा मनसुन थप सक्रिय भएको हो । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा देशभरी मनसुन सक्रिय हुने र बिहीबारदेखि केही दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नली तथा खोलामा पानीको सतह बढ्ने तथा गेग्रान बहावको सम्भावना रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । कमजोर पहाडी भू–भागमा पहिरो तथा भू–क्षयको सम्भावना उच्च हुने हुँदा सकेसम्म सुरक्षित स्थानमा स्थानान्तरण हुन मौसमविद्को सुुझाव छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरु सतर्क हरनुपर्ने भन्दै स्थानीय प्रशासनको सूचनाको ख्याल गर्न तथा आग्रह अनुसार बस्न पनि मौसमविद्हरुको आग्रह छ ।

Facebook Comments