• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकाद्वारा मुरुल्लेकी मातालाई उपाधिद्वारा सम्मान




मनोज पुन
रुन्टीगढी गाउँपालिकाको सवै भन्दा अग्लो लेक, धार्मिक तथा पर्यटकिय स्थल मुरुल्ले लेकमा विगत एक वर्ष देखि तपस्या गरिरहनुभएका मुरुल्ले माता पार्वती लाई स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले “सर्वसिद्धि महाविद्यादेवी मुरुल्ले माता पार्वती”को उपाधीसंगै सम्मान समेत गरेको छ ।

प्राकृतिक सम्पदाले भरिपुर्ण भएको र समुद्री सतहवाट करिव २१५० मिटर अग्लो यो क्षेत्रमा प्याराग्लाइडिङ,वन्जीम्प,पिकनिक स्पोर्टका सम्भावना वोकेको क्षेत्र भएको वताईएको छ । दाङ घोराही उपमहानगरपालिका १८ मसिना निवासी बुवा राजा सुनार र आमा सुमित्रा वि.क.वाट वि.स. २०३६ सालमा भारतको किन्नौरमा जन्म लिनुभएका पार्वती वि.क.लाई उक्त उपाधीले सम्मान गरिएको हो ।

विक्रम सम्वत २०७२ सालमा अदृश्य अलौकिक प्रादुर्भाववाट दाङको मसिनामा नागेश्वरी मन्दिर स्थापना गरी निरन्तर रुपमा ध्यान तपस्या गर्दै अहिले रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६ को मुरुल्ले लेकमा गत वर्ष २०७७ साल असार २६ गते देखी ध्यानस्थली एवं लोकजगतको शान्तिको लागि विधिवत रुपमा हवनकार्यको संचालन गरिएको भन्दै स्थानीय सरकारले उपाधिसंगै सम्मान गरेको हो । स्मरण रहोस, मुरुल्ले लेकमा स्थापना गरिएको हवनकुण्डको विधिपुर्वक सुरुवात भने २०७७ साल श्रावण १४ गते वाट गरिएको थियो ।

मुरुल्ले म्याग्जीनगढी धार्मिक तथा पर्यटकिय विकास संस्थाका अध्यक्ष चेतलाल पुनको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी मा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा,सामाजिक विकास संयोजक याम वहादुर दशौदी राना, २ नं का अध्यक्ष पुनाराम पुन ४ नं का अध्यक्ष पारसमणि गिरी, मुरुल्ले म्याग्जीनगढी धार्मिक तथा पर्यटकिय विकास संस्थाका पदाधिकारीहरु लगायत भक्तजनको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वोल्ने अतिथीहरुले मुरुल्लेक्षेत्र रुन्टीगढी गाउँपालिकाकै गहना भएको ले यस क्षेत्रलाई संरक्षण र प्रर्वधन गर्न आवश्यक रुहेको कुरामा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले मुरुल्ले क्षेत्र गाउँपालिकाको गौरव भएको भन्दै यस क्षेत्रलाई संरक्षण र प्रवर्धन गर्न स्थानीय सरकार सदैव तत्पर रहेको कुरा उल्लेख गर्नुभएको थियो । फरक प्रसंगमा वाल्दै उहाँले मुरुल्ले क्षेत्र विकासको लागी गत आर्थिक वर्षमा पनि गाउँपालिकाले केहि रकम उपलव्ध गरायको र गाउँपालिकाको रकम र स्थानिय नागरिकको श्रमदानवाट मुरुल्ले क्षेत्र यो स्थान सम्म आएको उल्लेख गर्नुभएको थियो ।। कार्यक्रमको सहजीकरण संस्थाका सचिव सुवास चन्दले गर्नुभएको थियो।

Facebook Comments