• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘२१ औं शताब्दीका लागि आवश्यक जनशक्ति तयार पार्नु आजको आवश्यकता हो’




घोराहीस्थित विद्यानिलकण्ठ माध्यामिक विद्यालय/कलेज नयाँ ब्यवस्थापनका साथ सञ्चालनमा आएको छ । प्रस्तुत छ सो विद्यालय/कलेजका अध्यक्ष चन्द्रप्रकाश खनालसंग विद्यालय र समग्र शैक्षिक अवस्थाको बारेमा गरिएको कुराकानीः
स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ।
–धन्यवाद सिस्ने अनलाइन परिवारलाई ।

यो प्रतिकूल समयमा शैक्षिक क्षेत्र कसरी सञ्चालन भएका छन् ?
–कोभिड १९ को दोस्रो लहर आएसंगै विश्वभर आक्रान्त भएको अवस्था छ । यो प्रतिकूल सयमा हाम्रो क्याम्पस तथा विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभई सकेपछि वैकल्पिक पद्धती मार्फत कक्षा सञ्चालन भएका छन् । जुन अनलाइन माध्यमबाट पठनपठान भइरहेको अवस्था छ ।

तपाईको बिचारमा शिक्षा कस्तो हुनुपर्छ ?
–शिक्षा एउटा कुनै पनि प्रकारको मानव जीवनमा आइपर्ने हरेक समस्यालाई सजिलैसंग बुझि सहजै तरिकाले समाधान गर्न सहयोग गर्ने माध्यम नै हो । “जीवनलाई जीउन सिकाउने कला नै शिक्षा हो । तसर्थ शिक्षा व्यावहारिक र जीवन उपयोगी हुनुपर्छ र शिक्षालाई पेशासंग जोड्न आवश्यक छ ।”

विश्व महामारी रुपमा फैलिएको कोरोना भाईरसले सबैभन्दा बढी शैक्षिक क्षेत्रलाई प्रभावित बनाएको छ । कयौं विद्यालयहरु चल्न नसकेर विस्थापित पनि भएका छन् । यस्तो अवस्थामा तापईहरुले विद्यालयलाई अझै नयाँ व्यवस्थापनका साथ अगाडि बढाउनु भएको छ । यो तपाईको लागि अवसर वा चुनौती के हो ?

–पक्कै पनि चुनौतीहरु धेरै छन् । हो, रातपछि बिहान आउँछ भनेझै यो संक्रमणकालिन सयम पछाडि विश्व सामन्य अवस्थामा फर्कने छ । तथापी म र हाम्रो टिमले अवसरको रुपमा लिएको छ । हामी कत्तिपनि बिचलित नभइकन शैक्षिक गुणस्तर कायम गर्न हर प्रकारका प्रयासहरु अपनाउने छौं । यस विद्यानिलकण्ठ स्कूल तथा कलेज एक ऐतिहासिक संस्थाको रुपमा चिनिदै आएको थियो । संयोगबश विद्यालय विविध कारणबस ओरालो लागेको अवस्थामा हाम्रो टिमले लिन पुग्यो । हामीले यस संस्थालाई नयाँ व्यवस्थापनका साथ अगाडि बढाउनका लागि गुरु योजना बनाउदै छौ । संस्थाको गुरुयोजना निर्माण भइसकेपछि संस्थामा सञ्चालित कार्यक्रमलाई विशिष्टीकृत गरी टिम अनुसार गर्ने छौं र विशिष्ट उद्देश्य राखि अगाडि बढ्ने छौं । साथै यस क्षेत्रको अगुवा शैक्षिक संस्थाको रुपामा स्थापित गर्ने अभिभारा हामीमा आएको छ ।

यो विद्यालयको के कस्ता राम्रा पक्ष छन् ?
–यस विद्यालय विद्यानिलकण्ठ स्कूल तथा कलेज एउटा शैक्षिक धरोहरका रुपमा परिचित समूहद्धारा नयाँ नेतृत्व, नयाँ सोच र शैलीमा आगडि बढ्दै छ । हाम्रो विद्यालयमा मन्टेश्वरीदेखि विश्वविद्यालयसम्मको पठनपाठन हुने एक मात्र संस्था हो । हामीले तल्लो कक्षमा अतिरिक्त विषय संबिट, नाच, खेलकूद जस्ता क्षेत्रलाई जोड्ने भनेर शिक्षकहरु छनोट गरेका छौं भने कक्षा १ देखि ५सम्म क्रमशः थप गर्दै कक्षा ८ सम्म लिने गरी संस्कृत पनि पढाउदै छौं ।

तपाईको विद्यालयमा शैक्षिक क्रियाकलापलाई के–कसरी प्रविधिमैत्री र आधुनिक बनाउनुभएको छ ?
–हाम्रो विद्यालयमा नविनतम शैक्षिक सामग्रीद्धारा शिक्षण क्रियाकलाप गराएका छौं । साथै विद्यार्थीलाई प्रविधिमा जोड्न थप सहयोग होस भनि सबै कक्षामा कम्प्यूटर विषयलाई प्राथमिकता दिएका छौं ।

यो २१ औं शताब्दीमा थुप्रै प्रतिस्पर्धी विद्यालयहरु सञ्चालनमा रहेको अवस्थमा अभिभावक र विद्यार्थीहरुले तपाईको विद्यानिलकण्ठ नै किन रोज्ने ?
–साच्चिकै २१ औं शताब्दीमा सुहाउदो शिक्षा दिन विद्यानिलकण्ठ स्कूल/कलेज हामी बीचमा आएको छ । स्कूल/कलेज उत्कृष्ट शैक्षिक समूहद्धारा सञ्चालनमा रहेको छ । हामीले यसलाई एक नाफामूलक नभई सेवामूलक संस्था स्थापना गर्न चाहन्छौं । यस संस्थाले नैतिकता र प्रविधिलाई जोड दिने छ । अभिभावक, विद्यार्थी र शिक्षकको अन्तरसम्बन्धलाई प्रगाढ गरि गुणस्तरीय शिक्षा दिने छ । तसर्थ विद्यानिकण्ठ अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्ने छ ।

तपाईको विद्यालयमा निम्न आर्थिक तथा विपन्न वर्गका विद्यार्थीहरुले पढ्न पाउँछन् कि पाउँदैन् ?
– सहजै पढ्न पाउँछन् । विद्यानिकण्ठ पढ्न चाहने सम्पूर्ण विद्यार्थीहरुका लागि ढोका खुल्ला गरिएको छ । विद्यालय पढ्न चाहने तर घरको आर्थिक अवस्था कम्जोर तथा विपन्न परिवारका जेहन्दार छात्रछात्राहरुले आफ्नो वडा कार्यालयबाट सिफारिस लिएर आएमा पढ्न सक्छन् ।

गुणस्तरिय शिक्षाका लागि विद्यालयमा आवश्यक भौतिक संरचनासहितको वातावरण कस्तो छ ?
–हाम्रो विद्यालयमा शिक्षाका लागि आवश्यक भौतिक संरचनासहितको वातावरण शान्त र व्यवस्थित नै छ । विद्यालयमा विद्यार्थीका लागि आवश्यक पर्ने गुणस्तरिय र व्यवस्थित प्रयोगशाला बनाइएको छ । हामीले विद्यार्थीका लागि थप ज्ञान आर्जन गर्नलाई मद्धतहोस भनि लाइब्रेरी र इ–लाइब्रेरीको व्यवस्था पनि गरेका छौं । साथै विद्यार्थीलाई प्रयोगात्मक तथा व्यवहारिक सीप प्रदान गर्ने र अतिरिक्त क्रियाकलापमा जोड दिइएको छ । संस्कार, प्रविधि र नैतिकता विद्यालयको पहिलो प्राथमिकता हो ।

तपाईको विद्यालय र विद्यार्थीको शैक्षिक सुधारको लागि अबको योजना के–कस्ता छन् ?
–विद्यार्थीको शैक्षिक सुधारको लागि हामीले नयाँ सोच र बिचार अनुसार अगाडि बढेका छौं । हामीले विद्यार्थीहरुको सर्बाङ्गीन विकास गर्नका लागि आधुनिक प्रविधिलाई विशेष प्रयोग गरि विद्यालयलाई पुरै प्रविधिमैत्री बनाउने योजनामा छौं । साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप बाहेक योग, संगीत, नृत्य, चित्रकला तथा खेलकुदका कक्षाहरु नियमित रुपमा सञ्चालन गर्ने छौं । हामीले शिक्षण सिकाइ प्रक्रियालाई अझै थप व्यवस्थित र व्यवहारिक बनाउनका लागि विषय विज्ञ तथा अनुभवी टिमलाई जोड दिदै अगाडि बढ्ने दृढ अठोट लिएका छौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
–मलाई शिक्षा र विद्यालयको बारेमा आफ्ना कुराहरु राख्न दिएकोमा सिस्ने अनलाइन टिमलाई पुनः धन्यवाद ।
प्रस्तुतिः जंगबहादुर रेउले

Facebook Comments