• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीका कृषकहरुलाई क्यारेट तथा डिजिटल तराजु हस्तान्तरण




होलेरी । रोल्पामा गोल परियोजनाले रुन्टीगढी गाउँपालिका कृषकहरुलाई तरकारी व्यवस्थापनका लागि क्यारेट र डिजिटल तराजु हस्तान्तरण गरेको छ । होलेरीमा रहेको गोल परियोजनाले कृषकहरुले उत्पादन गरेका तरकारीहरुलाई व्यवस्थापन गर्नमा थप सहयोग पुगोस भनि क्यारेट लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, कृषि शाखा प्रमुख हिमा पुन मगरको उपस्थितिमा आइतबार होलेरीमा तरकारी संकलनका उप–समितिहरुलाई १ सय ८५ वटा क्यारेट तथा ७ वटा डिजिटल तराजु वितरण गरिएको छ । जसमा रुन्टीगढी गाउँपालिकाका ५,६,७ र ९ नं. वडामा रहेका गलेना, ओखरपाटा, छाप, मसिना, साम्री, चिसापानी र पलासिनीमा वितरण गरिएको हो । साथै बाख्रापालन गर्ने कृषक समूहलाई २ वटा डिजिटल तराजु समेत उपलब्ध गराइएको छ ।
रुन्टीगढी गाउँपालिकास्तरीय कृषकहरुले अहिलेसम्म आफूले उत्पादन गरेको तरकारीहरु आ–आफ्नै ढंगले बिक्री गर्ने गरेकोहुँदा तरिकारीको उचित मूल्य नपाउने भएकाले त्यसको उचित मूल्यांकन गर्दै गाउँ–गाउँमा डिपो तरकारी ंसंकलन उप–समिति गठन गरी त्यही समिति मार्फत अब कृषकहरुले तरकारी विक्री गरिने भएको छ ।
डिपो तरकारी संकलन गठन गर्नुको मुख्य उद्देश्य भनेको उत्पादन भएका तकारीलाई एकद्धार प्रणाली सिर्जना गर्ने र तरकारीको मूल्य निर्धारण गर्नका लागि भएको गोल परियोजना होलेरीका प्रमुख बासुदेव पोख्रेले जानकारी दिए । अब कृषकहरुले आ–आफ्नो ढंगले तरकारीहरु बच्न नपाउने र त्यसका लागि तरकारीहरु सबै एक ठाउँमा जम्मा गरेर समिति मार्फत बिक्री गरिने छ । समिति, कृषि र व्यापारीहरुले मूल्य निर्धारण गरि कृषकहरुले उत्पादन गरेका तरकारी बच्नका लागि समितिले मूल्य निर्धारणदेखि व्यापारी बोलाएर बिक्री गर्नेसम्मका सबै काम गर्ने पनि पोख्रेलले जानकारी दिएका हुन् ।

Facebook Comments