• १९ श्रावण २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
होलेरीमा रुन्टीगढी मास्क अभियान




होलेरी । रोल्पाको होलेरीमा रुन्टीगढी मास्क अभियान सञ्चालन गरिएको छ । रुन्टीगढी गाउँपालिका र इलाका प्रहरी कार्यालय होलेरी रोल्पाको संयुक्त आयोजनामा मास्क अभियान सञ्चालन गरिएको हो ।


कोभिड १९ कारण देशले अहिले दोस्रो लहरको भेरियन्ट सामना गरिरहेको बेला फेरिपनि नेपाली जनताहरुले छिट्टै तेस्रो लहरको भेरियन्ट सामना गर्नुपर्ने विज्ञहरुले बताइरहदा मास्क अभियानले तीब्रता पाउन थालेको छ ।
कोराना भाइरसबाट आफू पनि बचौ अरुलाई पनि बचाउँ भन्ने अभिप्रायका साथ एक हप्ते रुन्टीगढी मास्क अभियान थालिएको छ । साउन २३ गतेदेखि शुरुभएको मास्क अभियान साउन २९ गतेसम्म चल्ने छ ।
मास्क अभियानमा होलेरी बजारमा अवातजावत गर्ने मानिस र बजारभित्रका व्यापारीहरुलाई निशुल्क मास्क दिदै मास्क लगाउने, मास्क प्रयोग के कसरी गर्ने भन्ने लगायतका बारेमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
मास्क अभियान कार्यक्रममा सहभागीता भएका जनप्रतिनिधिहरु, प्रहरीहरु, पालिका कर्मचारीहरुले कोराना भाइरसाबाट बच्नका लागि यो परिस्थितिमा आफू पनि बच्ने र अरुलाई पनि कसरी बचाउन सकिन्छ भन्ने बारेमा सबै जना सहज र सचेत हुनुपर्ने बताए ।
मास्क अभियानको दोस्रो दिन आज होलेरी बजार क्षेत्रमा कोरोना भाइसरबाट बच्नका लागि तपाईको मास्क खोई, मास्क लगाऔं, सामाजिक दुरी कायम गरौं, भिडभाड नगरौं भन्ने जस्ता प्ले कार्ड बोकेर बजार परिक्रमा गरिएको थियो ।

Facebook Comments