• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘विकृति विसंगतिबिरुद्ध लडिरहनु युवाहरुको दायित्व हो’




(दाङ जिल्लाको दुर्गम भेगमा रहेको बंगलाचुली गाउँपालिकास्थित स्टार बंगलाचुली युबा क्लबका अध्यक्ष सुशील परियारससँग क्लब र युवा गतिबिधिबारे सिस्ने अनलाइनका प्रबन्ध सम्पादक जंगबहादुर रेउलेले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ)

१. सिस्ने अनलाइनमा स्वागत छ, हजुरलाई ?

धन्यवाद छ, हजुर र सिस्ने अनलाइन टिमलाई ।

२. आजभोलि के काममा ब्यस्त हुनुहुन्छ ?

मेरो एउटा फार्म छ । बाख्रा पालेको छु । कृषक पनि भएको हुँदा केही दिन पहिला एक सय वटा टिमुर र एक हजार पाँच सय नेपियर घास लगाएको छु । यसरी नै समय बितेको छ । बाँकी समय सामाजिक काममा लगाएको छु । खास गरेर जनताको सेवा गर्दा मलाई खुशी मिल्छ, त्यस कारण म जनताको सेवा र सामाजिक काममा धेरै समय बिताउने गर्छु । मैले केही दिन पहिला एउटी ६० वर्षको महिलालाई उपचार गराए । सबैसंग सहयोग लिएर र २/४ दिन पहिला एक जना असहाय अशक्त ब्यक्ति बिरामी हुनुहुन्थ्यो र उहाँसंग पैसा पनि थिएन त्यस कारण विभिन्न व्यक्तिहरुसंग आर्थिक सहयोग जुटाएर उपचार गरियो यस्तै धेरै आफुले सकेजति सहयोग गर्दैमा दिनहरु बितेका छन् ।

३. तपाईंको बिचारमा क्लब के हो ?

क्लब एउटा बलियो र सबै पार्टीका साथीहरू अटाउने घर हो । एउटा क्लबले जस्तो जटिल प्रस्थितिमा पनि जनतालाई सहजै सहयोग गर्न सक्ने संगठन हो । किनभने युवा क्लब भएको कारणले यो संगठनमा युवाहरुले भरिएको हुन्छ । त्यस कारण युवाहरुलाई सहजै परिचालन गर्न सकिन्छ भन्ने लाग्छ । तसर्थ युवा क्लब भनेको एउटा राम्रो र हाम्रो सबैको क्लब हो ।

४. स्थानीयस्तरमा थुप्रै बाल तथा युवा क्लबहरु स्थापना भएका छन् । तर, पछिल्लो चरणमा ती क्लबहरु बिस्तारै हराउँदै जान थालेका पनि छन् । समग्र क्लबमा आकर्षण भन्दा बिकर्षण धेरै देखिन्छ नि किन ?

यस विषयमा हाम्रो क्लब र म गम्भीरतापूर्वक छलफल गर्ने गरेका छौं । किनभने तपाईंले भने जस्तै धेरै क्लबका साथीहरू मलाई फोन गरेर भेटेर यस विषयमा कुरा राख्नु हुन्छ कसरी क्लबलाई बचाउने र चलाएमान बनाउने भन्ने विषयमा मैले के भन्ने गरेको छु, भने अब पहिला जस्तो नाच, गान र खेलकुदमा मात्र ध्यान दिएर हुदैन क्लबले अब सामाजिक क्षेत्रमा व्यापकरूपमा काम गर्ने र साथसाथै राजनीति क्षेत्रलाई पनि सुधार गर्ने विषयमा हामी सबै एकजुट भएर समग्र युवा क्लबहरुलाई एउटा उचाइमा पु¥याउने सोचकासाथ हाम्रा क्लबहरुले काम कार्य गरेको हुनुपर्छ । अनि मात्र हाम्रो क्लब अरुप्रति बिकर्षण होइन आकर्षण हुन्छन् भने गरेको छु । यसो गरेर हुदैन फेरि क्लब गठन गर्ने तर क्लबको नीति नियम पालन नगर्ने सामाजिक कार्यहरु नगर्ने जनतासंग प्रत्यक्ष भेटघाट र समन्वय नगर्ने हो भने कहाँबाट क्लब अगाडि बढ्ने हुन्छ त । अब हाम्रो कार्य फरक ढङ्गले जानुपर्छ अनि मात्र हाम्रो क्लब क्लब जस्तैः हुन्छ र हराउने होइन अब व्यापक रुपमा ब्युउझाउँने सोचेका छौं र मेरो विभिन्न क्लबका अध्यक्ष सदस्य ज्युहरुसंग छलफल गर्ने गरेको छु । तर, तपाई पत्रकारज्युहरुले पनि सहयोग गर्नु पर्छ । क्लबहरुलाई बचाउन किन भन्ने तपाईहरु मुख्य भुमिका रहन्छ क्लबले गरेका सामाजिक काम र कार्यलाई उजागर गरिदिनु भयो भने क्लबलाई उर्जा थपिने हुन्छ । त्यस कारण हजुरहरुको ठूलो भुमिका रहन्छ ।

५. क्लब स्थापना भएदेखि के – कस्ता कार्यहरू सम्पन्न गर्नुभयो ?
हाम्रो क्लबले थुप्रै काम कार्य गरेको छ । गत वर्ष भलिबल प्रतियोगिता भयो, २२ वटा टिम लगायत ठूलो संख्यामा खेलाडीहरु सहभागीताका साथ भब्यरुपले सम्पन्न गरियो । र हामीले युवाहरुको रोजगारीको विषयमा सुझाव पत्र बुझाउने घोराही, मुर्कुटी सडक सुधारको निम्ति सडक आन्दोलनदेखि जिल्ला प्रमुख लगायत सम्बन्धित निकाय समक्ष सुझाव दिने र ध्यानाकर्षण गराउने बजेट प्रस्तुत गर्ने समयमा हाम्रो सहभागी सहित सुझाव दिने गरियो । साथै खेलकुद,युवाहरूको रोजगार विषयमा शिक्षा क्षेत्रमा सुधार गर्ने विषय लगायत विभिन्न समयमा उत्पति भएको समस्याको समाधान गर्ने विषयमा हाम्रो क्लब अग्रसर रहेको छ भन्ने लागेको छ । तर भएपनि मलाई के लाग्छ भने अझै हामीले धेरै काम गर्न बाकी छ र अझै जनताले चाहेजस्तो गर्न नसकेको अनुभुति छ । हेर्नुहोस हिजो मात्र हाम्रो १३ औं बैठक सम्पन्न गरेका छौं ।अब हामी अझै जनता प्रति उत्तरदायी भन्ने र प्रत्यक्ष जनता र युवाहरुसंव जोडिएर काम गर्ने सोचेका छौ र निर्णय पनि गरेका छौं । अब हामी फेरि युवाहरूको ,रोजगारको सुनिश्चितता हुनेगरि क्लबले जोरदार माग राखेको छ ।त्यस लाई कार्यनयन गर्ने विषयमा पनि छौ।

६. तपाईले क्लब मार्फत स्थानीयस्तरमा रहेका कुन–कुन समस्याहरुमाथि आवज उठाउनुभयो ?

हेर्नुहोस, हाम्रो क्लबले सडकको विषयमा जोरदार आवज उठाएका छौं । साथसाथै अरु विषयमा पनि जस्तै सरकारी स्कुलहरुमा भर्ना निशुल्क गराउने बिसयमा हामी बोलियो र भर्ना शुल्क नलिन पनि अनुरोध गरेका थियौं । खास गरि यो कोभिड १९ को बेला झन विद्यार्थी लाई गारो हुन्छ त्यस कारण भर्ना शुल्क नलिन भनेका हौं । हामीले गरेका काम युवाहरूको रोजगारको विषयमा युवाहरुलाई आत्मनिर्भर सम्बन्धित तालिम दिन स्थानीय सरकारलाई सुझाव दिएको छांै । यस्ता थुप्रैपटक सामाजिक कार्यंमा सहयोग र सहभागी जनाएका छौं र गाउँ घरहरु बाल बिबाह गर्न नहुने भन्ने विषयमा भन्दै आएका छौं ।

७. तपाइले क्लबका पदाधिकारीहरु समन्वय नगरेको भन्ने सुनिन्छ नि ?

त्यसो होइन, यो पछिल्लो समयमा लकडाउन भएको कारण बैठक छलफल हुन नपाएको मात्र हो । बाकी हाम्रो पेजको गुरुप छ । त्यसो भएको हुँदा गुरुप च्याड बाटै हल हुने भएकोले तेसो होइन तपाईंले भने जस्तो युवा साथीहरूसंग भेट्न हुनमात्र नपाएको हो। बाकी हाम्रो समन्वय हुन्छ क्लब भनेको घर हो घर भित्रका हामी सबै परिवार हौं । परिवार भित्र हल्का तलमाथि हुन्छ नि, हामी झन विभिन्न क्षेत्रबाट आएका हौं आ–आफ्नो तरिकाले ब्याख्या गर्छन् पदाधिकारीहरुले तर राम्रो विषयमा सबै समन्वय राम्रै छ ।

८. बंगलाचुली गाउँपालिका भित्र पर्ने कालोपत्रे सडक छोटो समयमै बिग्रदै गएको छ । यस विषमा क्लब मौन बसेको हो ?

मौन बस्न कहाँ सक्छौ हामी । त्यो पनि युवा हामी निरन्तर यो मदन भण्डारी लोक मार्गको विषयमा हाम्रो क्लब र म सारै चिन्तित छौं त्यो सडकको हालत देखेर हाम्रो घोराही, कमिरेचौर, मुर्कुटी, हुदै प्युठान जोड्ने सडक हो। त्यो सडकको महत्व छुट्टै छ । विडम्बना करोडौं खर्च गरेर सडक पिच भएको केही महिनमै पिच तहसनहस भएको छ । त्यो कारण सडक सुधार र संरक्षणको निम्ति म विभिन्न राजनीति दलका नेतासंग भेट भएर छलफल गरेको छु । गाउँपालिका अध्यक्षसंग पनि छलफल परामर्श भएको छ । अब हाम्रो माग भनेको टिप्परहरुलाई बैकल्पिक सडक निर्माण गरेर मात्र हाम्रो समस्या हल हुन्छ भन्ने तिर लागेका छौँ र काम पनि सुरु भएको छ। नयाँ सडकको काम तर अहिले भने बिजोग अबस्थामा छ। सडक तर पनि हाम्रो दाङका शीर्ष नेताहरु मौन छन् उहाँहरु त्यो सडक देखेर चिन्ता व्यक्त गरेको कतै देखिएन जिल्लास्तरको नेताहरु पनि बोलेका छैनन् । चिन्ता लाग्छ मलाई अहिले सयौंको संख्यामा बंगलाचुली घुम्न आउने र प्रकृतिसंग रमाउनेको लर्को छन् तर सडक नराम्रो नभएकोहुँदा यात्रा जोखिम भएको महसुस गरेका छौं । क्लबले धेरै पटक ध्यानाकर्षण गराएको छ, सिडिओ सापलाई पनि भेटेर मौखिक रुपमा भनेका छौं । अहिले भर्खर सरुवा भएर आउनु भएका सिडिओ सापलाई पनि भनेर उहाँ पनि अनुगमन गर्नु भयो तर खासै उपलब्धि भएन अब बैकल्पिक सडक निर्माण नभए सम्म यो समस्या झेल्नुपर्ने भएको छ ।

९. क्लबका आगामी के कस्ता योजनाहरु छन् ?

अब नयाँ ढङ्गबाट अगाडि बढ्ने सोचेका छौं । क्लबलाई त्यो कसरी भन्नु हुन्छ भने विकृति विसगती विरुद्ध हामी अल्लि मसिनो तरिकाले लाग्ने र अब क्लबलाई जनपक्षीय बनाउने हाम्रो योजना योजना छ । त्यसो भएकोहुँदा पहिला जनताको समस्या जरैदेखि उखालेर फाल्ने विषयमा ध्यान केन्द्रित गर्छौ । अनि अन्य कामहरु गर्नेनै रहन्छ । तर पहिलो प्राथमिकता कोभिड १९ को समस्या भएको छ तपाईंलाई पनि थाहा छ तेस्रो लहर आउदै छ भन्ने कुरा त्यस विरुद्ध लडन के–के गर्नु पर्ने हो भन्ने विषयमा कोभिड सम्बन्धित डाक्टरसंग परामर्श गर्न र जनता माझ अभियान लगेर जानुपर्ने पनि हुनसक्छ ।

१०. अन्तमा केही भन्न चाहनुहुन्छ ?

खासमा तपाईंहरुको लोकप्रिय अनलाइन मार्फत म के भन्न चाहन्छु भन्ने कयौं दशकदेखि बिग्रेको राजनीति अहिले पनि सुदृढ हुन नसको देख्दा म अति चिन्तित छु । बिश्व प्राविधिक क्षेत्रमा कति अगाडि गहिरहेको छ उता चीन मंगल् ग्रहको बहस तिर छ ।अरु देशले भ्याक्सिन खोप लगाई सक्यो तर हाम्रो देशले अरुसंग भिख मागेर लगाउनु परेको छ ,त्यो पनि किस्ता किस्तामा । त्यसो भएको ले अब पत्रकार साथीहरू सुरक्षाकर्मी देशभक्त बुद्धिजीवि युवाहरु जाग्नु पर्ने आएको छ। छिमेकी देशले हस्तक्षेप गरिरहेको छ । हाम्रो सरकार र हामी चुप लागेर बस्ने हो हाम्रो देशको हालत सिरिय जस्तो हुन्छ भन्ने लागेको छ । हेर्नुहोस एमसिसि पास गर्ने विषय पनि अगाडि आएको छ । यस् विषयमा पनि हामी युवा पुस्ताले पास गर्न दिनु हुदैन भन्ने बहस चलाउनु पर्ने भएको छ ।अहिले हाम्रो देश राम्रो नेतृत्व पाएको जस्तो लागेको छैन अब युवा पुस्तालाई हस्तान्तरण गर्न सक्नु पर्छ बुढा पाकाले भन्ने मेरो बनाई हो । हाम्रो बंगलाचली युवा अल्लि जागरुक हुन्न पर्ने पनि देख्छु ।

Facebook Comments