• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र घोराहीका सबै वडामा अध्यक्ष र सचिव चयन (नामावलीसहित)




नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिकाले वडा अध्यक्ष र सचिव चयन गरेको छ । उपमहानगरको विस्तारित बैठकले पदाधिकारी चयन गरेको हो ।

जसअनुसार वडा नम्बर १ को अध्यक्ष पूर्णबहादुर मल्ल र सचिव भीमसेन बुढा, वडा नम्बर २ को अध्यक्षमा लेखा अधिकारी, वडा नम्बर ३ को अध्यक्षमा सुमन रोका र सचिव खड्कबहादुर नेपाली, वडा नम्बर ४ को अध्यक्षमा गुरुप्रसाद न्यौपाने र सचिव दिपक बिक, वडा नम्बर ५ को अध्यक्षमा नुमबहादुर केसी र वडा नम्बर ६ को अध्यक्षमा खलु पुन चयन हुनुभएको छ ।

त्यस्तै वडा नम्बर ७ को अध्यक्षमा चिजबहादुर चौधरी र सचिव प्रकाश चौधरी, वडा नम्बर ८ को अध्यक्षमा पिताम्बर ओली र सचिव तिलक रावत, वडा नम्बर ९ को अध्यक्षमा माधुलाल चौधरी, वडा नम्बर १० को अध्यक्षमा बुद्धिराम चौधरी र सचिव ध्रुब बाँठा, वडा नम्बर ११ को अध्यक्ष प्रकाशचन्द्र बिक र सचिव गणेश गौतम रहनुभएको छ ।

त्यसैगरी वडा नम्बर १२ को अध्यक्षमा पूर्ण बुढा र सचिव मनप्रसाद चौधरी, वडा नम्बर १३ को अध्यक्षमा रिमबहादुर नेपाली र सचिव इराक घर्ती, वडा नम्बर १४ को अध्यक्षमा कृतिमान पुन र सचिव अनिलराज शेर्पाइली, वडा नम्बर १५ को अध्यक्ष यमप्रसाद अधिकारी र सचिव खुशलराम पुन, वडा नम्बर १७ को अध्यक्षमा पदमबहादुर केसी र सचिव रेमन्ता पुन, वडा नम्बर १८ को अध्यक्षमा सुरश बुढा र सचिव टिकाराम थापा तथा वडा नम्बर १९ को अध्यक्षमा खड्कबहादुर घर्ती र सचिव प्रेमबहादुर घर्ती चयन भएको उपहानगर सचिव प्रमोद शर्माले जानकारी दिनुभयो ।

वडा अध्यक्ष चयन हुन एक र सचिव चयन हुन केही वडामा वडा सदस्यहरुको भेलाबाट चयन गरिने सचिव शर्माले जानकारी दिनुभयो । साउन २५ देखि २९ गतेससम्म सबै वडालाई पूर्णता दिइसक्नुपर्ने निर्णय बैठकले गरेको छ ।

बैठकलाई सम्वोधन गर्दै नेताहरुले पार्टी एकता, विभाजन र त्यसपछि प्रतिगमनविरुद्ध संघर्ष गर्ने कार्यभारका कारण पार्टी समितिहरु सुदृढ गर्न नसकिएको भन्दै हिजो एकल पार्टीकै गतिमा अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बैठकमा कार्यकर्ताले पार्टीको विचार र कार्यदिशामा प्रश्न गरेपछि नेताहरुले समाजवादी क्रान्तिको तयारीमा जुट्ने कार्यदिशा प्रष्ट रहेकाले त्यसमा अलमल पर्न नहुने बताएका थिए ।

नेताहरुले जनवादी क्रान्ति फरकढंगले मूलभूतरुपमा पूरा भएको र जनवादी क्रान्तिका केही कार्यभार पनि समाजवादी क्रान्तिकै चरणमा पूरा गर्दै समाजवादी क्रान्तिमा अघि बढ्ने पार्टीको कार्यदिशा स्पष्ट रहेकाले कुनै अलमलमा नपरेर अघि बढ्ने पनि निर्देश गरेका थिए । बरु हिजो पार्टी एकताको बेला दुई पार्टीका विचार कार्यदिशा मिसाउँदा अलमल भए पनि अब कुनै अमलम नभएकाले जनयुद्धकालीन गतिमै अघि बढ्ने उनीहरुले निर्देशन दिए ।

उपमहानगर सचिव प्रमोद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य निर्मल आचार्य, केन्द्रीय सदस्य हेमराज शर्मा, प्रदेश सचिवालय सदस्य भीमकुमारी बाँठा, जिल्ला कार्यालय सदस्यद्वय अजयदीप शर्मा र पुनम शेर्पाली, जिल्ला सचिवालय सदस्य अटल चौधरी, रुपक चौधरी, रमेश केसीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments