लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (३) बमोजिम साउन २७ गते १ बजे प्रदेश सभा बैठक आह्वान गर्नुभएको हो ।
अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्।
यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।