• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ सन्यास लिएका क्रिकेटर पारस खड्काको खेल यात्रा




नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । करिब दुई दशक नेपाली क्रिकेटमा निरन्तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा प्रदर्शनले चर्चा बटुल्नुभएका अनुभबी पारसले मंगलबार बिहान सन्यास लिने निर्णयमा पुगेको जानकारी सार्बजनिक गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिएपनि नेपाली क्रिकेटका लागि आफ्नो सपनालाई साकार पार्न नयाँ उचाइमा पुर्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।

पूर्ब कप्तान पारसले आफ्नो क्रिकेट जिवनबाट सन्यास लिएको नेपाल क्रिकेट संघ(क्यान)ले पुष्टि गरेको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले पूर्ब कप्तान पारसनले इमेल गरी सन्यासबारे जानकारी गराउनुभएको बताउनुभएको छ । “पारसको अचानकको सन्यासको घोषणाले नेपाल क्रिकेट संघ स्तब्ध छ” भन्दै क्यानका कोषाध्यक्ष सिंहले नेपाललाई विश्वकपसम्म पुर्याउने सपनालाई साकार बनाउन उहाँको अनुभब र प्रदर्शनको खाँचो रहेको समयमा उक्त निर्णय आएको बताउनुभयो ।

पारस १५ वर्षको छदा सन् २००२ मा पहिलो पटक क्रिकेट यात्रा सुरु गर्नुभएको थियो । त्यसयता, उहाँ अलराउन्डरको भूमिकामा निरन्तर नेपालको राष्ट्रिय टोलिको प्रतिनिधित्व गरी चर्चा बटुल्नुभएको छ ।

पारसले सन् २००४, २००६ र २००८ को १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । सन् २००९ मा उहाँले राष्ट्रिय टोलिको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभयो ।

सन् २००६ मा आईसीसी प्लेट च्याम्पियनशीपको सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउन पारसको अन्तिम ओभरको बलिङ अझै स्मरणीय छ । सन् २००७ मा १९ वर्ष मुनिको एसीसी ट्रफी २००७ मा पारसको बलिङले नेपाललाई लगातार दोस्रो पटक प्लेट फाइनलसम्म पुर्यायो । उहाँले उक्त प्रतियोगितामा १२ विकेट लिनुभयो ।

नेपालको प्रतिनिधित्व गरी दश अन्तर्राष्ट्रिय एकदिबसीयमा पारसले एक शतक र एक अद्र्धशतकसहित ३१५ रन बनाउनुभएको छ । बलिङमा उहाँले नौ पारीमा नौ विकेट लिनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले ३२ खेलमा एक शतक र चार अद्र्धशतकसहित ७९९ रन बनाउनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले आठ विकेट लिनुभएको छ ।

अन्तर्राष्ट्रिय स्पर्धामा उहाँले नेपालका लागि छ खेलमा नेतृत्व गर्नुभएको छ । सन् २०२० मा पारसले कप्तानीबाट राजिनामा गरेपछि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले उहाँलाई बिस्थापित गर्नुभयो ।

गत् मङ्सिरमा पारसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले दशकको एशोसिएट क्रिकेटरको रुपमा मनोनयन गरेको थियो । पारसकै नेतृत्वमा नेपालले पहिलो पटक सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सकेको छैन् ।

Facebook Comments