स्वतन्त्र नागरिक समूह देउखुरीले एमसीसी परियोजना नेपालको लागि आत्मघाति भएको भन्दै बिरोध प्रदर्शन गरेको छ ।
दाङको लमही बजारबाट प्रशासन कार्यालयसम्म ‘एमसीसी चाहिदैन, देश बेच्न पाइदैन’ लगायतको नारा लगाउँदै ¥याली इलाका प्रशासन कार्यालयसम्म पुगेको थियो ।
स्वतन्त्र नागरिक समूह देउखुरीले एमसीसी सम्झौताको लागि संसदमा विचाराधीन रहेकाले यो विधेयकप्रति नेपाली जनता आक्रोशित रहेको जनाएको छ ।
स्वतन्त्र नागरिक समूह देउखुरीले ईलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा अमेरिकी स्वार्थअनुकूल एमसीसी पारित गर्न खोजेको भन्दै राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र असंलग्न परराष्ट्र नीति विपरित रहेकोले संशोधन नभई खारेज हुनुपर्ने उल्लेख गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।